अब काँग्रेस मकवानपुरको सभापतिमा लामिछाने

बाइलाइन नेपाल
२० माघ २०७८, बिहीबार १४:३६

हेटौंडा ।नेपाली कांग्रेस मकवानपुरको नेतृत्व अब विष्णु लामिछानेले गर्ने भएका छन् । काँग्रस मकवानपुरका सभापति ईन्द्र बानियाँ वाग्मती प्रदेश सभापतिमा निर्वाचित भएपछि उपसभापति लाछिानेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट बानियाँ वाग्मती प्रदेश सभापतिमा निर्वाचित भएपछि उनले जिल्लाको नेतृत्व उपसभापतिलाई सुम्पिएका हुन् । यसअघि बसेको काँग्रेस जिल्ला समितिको बैठकले लामिछानेलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।

सोही निर्णयअनुसार आजबाट आधिकारिक रुपमा लामिछानेलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको छ । कार्यवाहक सभापतिमा पदस्थापन भएपछि लामिछानेको अध्यक्षतामा आजै पहिलो बैठक समेत बसेको छ ।

यसअघि नै नयाँ नेतृत्व चइन भइसक्नु पर्ने काँग्रेस मकवानपुरको अधिवेशन विभिन्न कारणले स्थगित हुँदै आएको छ । यसअघि तय भएको दुई वटा मिति स्थगित भइसकेको छ । अर्को अधिवेशन कहिले हुने अहिलेसम्म तोकिएको छैन् । अब अधिवेशनबाट नयाँ नेतृत्व नआएसम्म लामिछानेले नेतृत्व गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*