वागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई एमालेले दियो यस्तो चेतावनी

बाइलाइन नेपाल
२० माघ २०७८, बिहीबार १४:१०

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई नेकपा एमालेले चेतावनी दिएको छ । माघ १९ गते बुधबार वागमती प्रदेश सभाको चौथो वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री पाण्डे र पूर्व मुख्यमन्त्री तथा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य बीच सवालजवाफ भएको थियो ।

त्यही विषयलाई लिएर एमाले वागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पाण्डेलाई चेतावनी दिएका हुन् । उनले जारी गरेको विज्ञप्तीमा मुख्यमन्त्री पाण्डे पदीय मर्यादाविपरीत गालीगलौजमा उत्रिएको र भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै त्यसका विरुद्ध एमाले कडा प्रतिवादमा उत्रिने चेतावनी दिइएको छ ।

विज्ञप्तीमा प्रदेशसभामै विपक्षी दलमाथि सरकार प्रमुख संसदीय मर्यादाविपरित व्यक्तिगत गालीगलौजमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् । अघिल्लो प्रदेश सरकारले स्थापना कालमै लागू गरेका नीति कार्यक्रम तथा राष्ट्रिय गौरवका आयोजनाहरू कटौती गर्ने तथा रकमान्तर गरेर अन्धाधुन्द खर्च गरेको आरोप एमालेले लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले मन्त्रालय फुटाएको छ तर कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । जतातै अस्तव्यस्ता सिर्जना गरिएको छ । सरकार प्रमुख सभा समारोहमा मेरो पार्टीएको कमिटी नबनेको वडामा एक रूपैयाँ पनि बजेट हाल्दिन भन्दै हिँडिरहनु भएको छ । संघीयता विरोधीहरुका लागि टाउको उठाउन र संघीयतालाई ध्वस्त पार्न यो भन्दा राम्रो अवसर के हुन सक्छ ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*