रातोमाटेमा दुर्घटना हुँदा बकैयाका सुवेदीको ज्यान गयो

बाइलाइन नेपाल
१९ माघ २०७८, बुधबार १५:३६

हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातमाटेमा आज बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा मकवानपुरको बकैया गाउँपालिका–७ बस्ने ३७ बर्षका शिवप्रसाद सुवदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बाराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्बरको बस र हेटौंडाबाट बारातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खादा दुर्घटनाग्रस्त भएको हो।

उक्त घटनामा मोटरसाइकल चालक दोलखा शैलुङ–५ बस्ने ४६ बर्षीय थनक प्रसाद दुलाल घाइते भएका छन् । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने बस तथा चालक नियन्त्रणमा लिएर घटनाको थप अध्ययन भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*