मकवानपुरमा सक्रिय संक्रमित ३२१ जना मात्र, आज १२ जनालाई कोरोना पुष्टि

बाइलाइन नेपाल
१९ माघ २०७८, बुधबार १५:२१

हेटौंडा । मकवानपुरमा कोरोना संक्रमितको संख्या दिनदिनै घट्दै गइरहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरले आज जारी गरेको तथ्याङ्क अनुसार मकवानपुरमा हाल सक्रिय संक्रमितको संख्या ३२१ मा झरेको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार हिजो मंगलबार मकवानपुरमा सक्रिय संक्रमितको संख्या ४५५ जना रहेको थियो । आज त्यो संख्या घटेर ३२१ मा पुगेको हो । मकवानपुरमा रहेका सक्रिय संक्रमित मध्ये ८ जना संस्थागत आइसोलेसनमा र ३१३ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै विगत २४ घण्टाको अवधिमा मकवानपुरमा १२ जनालाई मात्र कोरोना संक्रमणको पुष्टि भएको कार्यालयले जनाएको छ । जसमा ३९ जनाको पीसीआर परीक्षण गर्दा १० जना र २३ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*