काँग्रेस मकवानपुरको सभापतिमा जयराम लामिछानेको उम्मेदवारी घोषणा

बाइलाइन नेपाल
१९ माघ २०७८, बुधबार १४:१६

हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको सभापतिका लागि काँग्रेसका नेता जयराम लामिछानेले आज उम्मेदवारी घोषणा गरेका छन् । चुनावका लागि हेटौंडा–२ मा सम्पर्क कार्यालय स्थापना गर्दै लामिछानेले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पार्टीको जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै लामिछानेले जनताको विश्वास जित्दै गएको काँग्रेसलाई मकवानपुरको पहिलो पार्टी बनाउन उम्मेदवारी दिने बताए । उनले भने–‘ जनविश्वास बटुल्दै गएको काँग्रेसलाई पहिलो नम्बर बनाउन मेरो उम्मेदवारी हो ।’ उनले केही दिनमा प्यानल नै घोषणा गर्ने बताए ।

संस्थापन इतर समूहको प्रतिनिधित्व गर्दै लामिछानेले उम्मेदवारी घोषणा गरेको कार्यक्रममा काँग्रेस मकवानपुरका पूर्वसभापति माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, जिल्ला सचिव आन्नद कठायत, काँग्रेस मकवानपुरका नेता रिता खनाल, भीमसेन महत, इन्दिरा न्यौपाने लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

जिल्ला सभापतिमा दाबेदार उम्मेदवारका रुपमा चर्चा पाएका काँग्रेस मकवानपुरका नेता आन्नदराम पराजुलीलाई टक्कर दिन काँग्रेसका अर्का नेता लामिछाने चुनावी मैदानमा उत्रिएपछि चुनावी भिडन्त रोचक हुनेभएको छ ।

अहिलेसम्म सभापतिमा उपसभापति विष्णु लामिछाने, सचिव बुद्ध लामा, अशोक शाक्य र पराजुली देउवा समूहबाट सभापतिमा दाबी गरिरहेका छन् । नेता प्रकाशमान सिंह निकट नेविसंघका महामन्त्री प्रभात दाहाल र शेखर कोइराला निकट रघुरमण न्यौपान पनि सभापतिको आकांक्षी देखिएका छन् । तर न्यौपानेले लामिछानेलाई समर्थन गरेको स्रोतले जनाएको छ ।

जिल्लाको अधिवेशन र नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया कहिले हुन्छ भन्ने टुंगो लाग्न सकेको छैन् । यसअघि दुई पटक जिल्ला अधिवेशन स्थगित भइसकेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*