सोनाम ल्होछारले सुख, शान्ति र सम्वृद्धि ल्याउन सकोस्ः प्रदेश प्रमुख शर्मा

बाइलाइन नेपाल
१९ माघ २०७८, बुधबार १०:०२

हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार मनाइदै गरिएको तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछारका अवसरमा सबैका लागि सुख, शान्ति र सम्वृद्धि ल्याउन सकोस् भन्ने कामनासहित उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

देश भित्र र बाहिरका समेत विभिन्न मुलुकहरुमा छरिएर रहेका तामाङ समुदायले हर्षोलाशपूर्ण वातावरणमा मनाउँने २८५८ औं ताक ल्हो (सोनाम ल्होछार) पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यो पर्वलाई पनि हामी हाम्रा अन्य चाडपर्वहरुझैं एउटा महत्वपूर्ण पर्व मानिने गरिएको उल्लेख गरेका छन् ।

प्रमुख शर्माले आफ्नो सन्देशमा भनेका छन्, ‘तामाङ समुदायले चलाई आएको पञ्चाङ्ग अनुसार आजबाट एउटा वर्ष पूरा भई अर्को वर्ष सुरु भएको छ । यो नववर्ष ‘सोनाम ल्होछार’ ले हामी सबैका लागि सुख, शान्ति र समृद्दि ल्याउन सकोस् भन्ने कामनासहित उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।’

प्रमुख शर्माले हामी संयौ थुङ्गा फूलका रंगीन बगैंचाका फूलहरु भएको उल्लेख गर्दै हामी बहुल जातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक समाजका अभिन्न अङ्ग भएको बताएका छन् । शुभकामना सन्देशमा उनले अन्य समुदाय सरह तामाङ समुदाय पनि उत्तिकै महत्वपूर्ण अङ्ग भएको बताए । प्रमुख शर्माले यो पर्वले हाम्रो धर्म, संस्कृति, रिती–रिवाज तथा परम्पराको सम्बर्द्दन गर्न महत्वपूर्ण योगदान गर्नेछ भन्ने आफूलाई दृढ विश्वास रहेको शुभकामना सन्देशमा भनेका छन् ।

हाम्रो समाजको मूल चरित्र भन्नु नै विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् बन्धुत्व र पारस्परिक मेलमिलाप हो भन्दै प्रमुख शर्माले हाम्रा यी र यस्तै राष्ट्रिय धरोहरप्रति हामीले गौरवबोध गर्न सक्नुपर्नेमा जोड दिए । उनले भने ,‘यो पर्वले हामीलाई यसकै लागि प्रेरित गर्नेछ । हाम्रो समाजमा मनाइने चाडपर्वहरु तथा अनुपालना गरिने संस्कृतिहरुले हामीलाई सामाजिक हित,आपसी सम्मान र भाइचाराको प्रबलीकरण गर्न प्रेरित गर्न सकोस् भन्ने पुनस्एकपटक शुभकामना व्यक्त गर्दछु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*