बस्तीपुर जेसीजको अध्यक्षमा उप्रेती, सहकार्यमा काम गर्ने प्रतिवद्धता

बाइलाइन नेपाल
१६ माघ २०७८, आईतवार २१:०१

हेटौंडा । बस्तीपुर जेसीज वर्ष २०२२ का अध्यक्षमा तेजप्रसाद उप्रेती (रमेश) ले कार्यभार सम्हालेका छन् । जेसीजले गत शनिबार पदस्थापन कार्यक्रमको आयोजना गर्दै उप्रेतीलाई नेतृत्व हस्तान्तरण गरेको हो ।

बस्तीपुर जेसीज वर्ष २०२१ का अध्यक्ष राजेश भेटवालले वर्ष २०२२ का अध्यक्ष उप्रेतीलाई पद हस्तान्तरण गरेका हुन् । उप्रेती जेसीजको केही समयअघि निर्वाचन प्रक्रियाबाट अध्यक्षमा निर्वाचित भएका थिए । पदस्थापन कार्यक्रमको प्रमुख अतिथि वागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा वर्ष २०२२ का अध्यक्ष उप्रेतीले कार्यसमिति विस्तार गरेका थिए । जसमा कार्यकारिणी उपाध्यक्षद्वयमा अमृत पाठक र प्रेम गोगंवा रहेका छन् । यस्तै उपाध्यक्षमा कविता बर्तौला, श्रीराम खड्का र सन्देश पण्डित रहेका छन् । महासचिवमा सन्तोष उप्रेती, कोषाध्यक्षमा संजोक उप्रेती चयन भएका छन् । अध्यक्ष उप्रेतीले कानुनी सल्लाहकारमा शिवराम उप्रेतीलाई मनोनित गरेका छन् ।

वर्ष २०२२ का अध्यक्ष उप्रेतीले जेसीजको मर्म अनुसार सबैसँग सहकार्य  गर्ने प्रतिवद्धता जनाएका छन् । उनले सबै पक्षको सहयोग र सहकार्यमा मात्र जेसीजबाट समाजसेवाको कामलाई अगाडि बढाउन सकिने उल्लेख गर्दै जेसीजमा आवद्ध सबै सदस्यको भावनाको कदर गर्दै काम गर्ने बताए । उनले आफ्नो कार्यकालमा बस्तीपुर जेसीजको शिर अझ उचो पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा हेटौंडा लेडी जेसीज, पालुङ जेसीज, हेटौंडा जेसीजका वर्ष २०२२ का अध्यक्ष, निवर्तमान अध्यक्ष तथा पूर्व अध्यक्ष पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बस्तीपुर जेसीजका पूर्व अध्यक्ष, पदाधिकारी तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो । पदस्थापन कार्यक्रममा जेसीजले विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा जसपाका वागमती प्रदेशका अध्यक्ष सोनामसिं स्याङ्तान, पत्रकार महासंघ वागमतीका महासचिव कृष्ण सारु मगर, समाजवादी प्रेस संगठनका केन्द्रीय उपमहासचिव रामकुमार एलन, युवा उद्योगी महेन्द्र राउतलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*