काँग्रेस मकवानपुरको सभापतिमा आन्नदरामलाई टक्कर दिन आए जयराम

बाइलाइन नेपाल
१८ माघ २०७८, मंगलवार २०:००

हेटौंडा । विभिन्न कारण स्थगित हुँदै आएको नेपाली काँग्रेस मकवानपुरको नयाँ नेतृत्व चयनको चुनावी कार्यक्रममा उम्मेदवारी घोषणा गर्ने क्रम अझै रहेको छ । जिल्ला सभापतिमा दाबेदार उम्मेदवारका रुपमा चर्चा पाएका काँग्रेस मकवानपुरका नेता आन्नदराम पराजुलीलाई टक्कर दिन काँग्रेसका अर्का नेता जयराम लामिछाने चुनावी मैदानमा उत्रिएका छन् ।

पार्टी राजनीति भन्दा ठेक्कापट्टामा बढी क्रियाशिल लामिछाने पनि काँग्रेस मकवानपुरको सभापतिमा उठ्ने भएपछि चुनावी भिडन्त रोचक हुनेभएको छ । अहिलेसम्म सभापतिमा पराजुलीले मात्र घोषणा गरेका छन् । यसका अलवा उपसभापति विष्णु लामिछाने, सचिव बुद्ध लामा, अशोक शाक्य र आनन्दराम पराजुली देउवा समूहबाट सभापतिमा दाबी गरिरहेका छन् । नेता प्रकाशमान सिंह निकट नेविसंघका महामन्त्री प्रभात दाहाल र शेखर कोइराला निकट रघुरमण न्यौपान पनि सभापतिको आकांक्षी देखिएका छन् ।

काँग्रेस मकवानपुरको सभापतिमा लामिछानले भोली उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको छ । उनले उम्मेदवारी घोषणासँगै निर्वाचन प्रचारप्रसारका लागि सम्पर्क कार्यालय समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार लामिछाने संस्थापन इतर समूहको नेतृत्व गर्दै सभापतिमा लड्न लागेका हुन् । अहिले चर्चामा भएका उम्मेदवार भन्दा पराजुली बलियो देखिएपछि इतर समूहले लामिछानेलाई उम्मेदवार बनाएको जनाइएको छ ।

कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार  पराजुलीले यसअघि नैसचिवालय स्थापना गरेका छन् । जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोकमा सचिवालय स्थापना गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*