स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा उजुरी

बाइलाइन नेपाल
१८ माघ २०७८, मंगलवार १६:२०

हेटौंडा । नेपाल सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध एमाले निकट युवा संघले अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ । संघले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको हो ।

मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायव भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको राष्ट्रिय युवा संघका सहसंयोजक सजिंवकुमार सुरज झाले जानकारी दिए ।

मन्त्री खतिवडालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३,८,१७ तथा अन्य कानुनी प्रावधान बमोजिम भ्रष्टाचार संलग्न भएकाले कारवाही गर्न अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*