११० किलो गाँजासहित रामकुमार फन्दामा

बाइलाइन नेपाल
१८ माघ २०७८, मंगलवार १५:४१

हेटौंडा । प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–५ बाट गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले गाँजा बाोक्ने राक्सिराङ गाउँपालिका– ५ बस्ने वर्ष ३६ को रामकुमार प्रजालाई नियन्त्रणमा लिएको जनाएको छ । गाँजा बोक्ने अरु व्यक्ति फरार भएको प्रहरीको भनाइ छ । प्रहरीले उक्त स्थानबाट लागूऔषध गाँजा ११० किलो फेला परेको बताएको छ । अन्य व्यक्तिको खोजतलास र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ले

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*