मकवानपुरमा सक्रिय संक्रमित ५ सय भन्दा कम

बाइलाइन नेपाल
१८ माघ २०७८, मंगलवार १५:२६
फाइल तस्वीर

हेटौंडा । मकवानपुरमा कोरोना संक्रमितको संख्या ५ सय भन्दा कम भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार मकवानपुरमा हालसम्म सक्रिय संक्रमितको संख्या ४ सय ५५ जना रहेको छ ।

कार्यालयका अनुसार संस्थागत आइसोलेसनमा बसेका १० जना र होमआइसोलेसनमा बसेका ४ सय ४५ जनासहित जम्मा सक्रिय संक्रमित ४ सय ५५ जना रहेका छन् । यसअघि मकवानपुर ५ सय बढी सक्रमित भएको जिल्लामा रहेको थियो ।

यसैबीच, मकवानपुरमा बितेको २४ घण्टामा ४५ जनामा कोरोना संक्रण भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार पीसीआर परीक्षण गर्दा २३ जना र एन्टीजेन परीक्षणबाट २२ जनामा कोरोना संक्रमण देखा परेको उल्लेख छ ।

कार्यालयका अनुसार ३९६ जनाको परीक्षण गर्दा ४५ जनामा संक्रमण देखा परेको हो । कोरोना संक्रमणबाट २४ घण्टामा मकवानपुरमा एक जनाको ज्यान गएको बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*