मकवानपुरमा ४५ जनालाई कोरोना, एकको मृत्यु

बाइलाइन नेपाल
१८ माघ २०७८, मंगलवार १५:०९

हेटौंडा । मकवानपुरमा बितेको २४ घण्टामा ४५ जनामा कोरोना संक्रण भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार पीसीआर परीक्षण गर्दा २३ जना र एन्टीजेन परीक्षणबाट २२ जनामा कोरोना संक्रमण देखा परेको उल्लेख छ ।

कार्यालयका अनुसार ३९६ जनाको परीक्षण गर्दा ४५ जनामा संक्रमण देखा परेको हो । कोरोना संक्रमणबाट २४ घण्टामा मकवानपुरमा एक जनाको ज्यान गएको बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*