सोनाम ल्होछारमा सार्वजनिक विदा दिन तीनै सरकारको तछाडमछाड

बाइलाइन नेपाल
१८ माघ २०७८, मंगलवार १३:२१

हेटौंडा । तामाङ समुदायको पर्व सोनाम ल्लोछारमा सार्वजनिक विदा दिन तीनै सरकारले तछाडमछाड गरेका छन् । मकवानपुरका केही गाउँपालिकाले ल्लोछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिएका छन् । त्यसपछि वागमती प्रदेस सरकारले एक दिन र संघीय सरकारले एक दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

प्रदेस र संघीय सरकारले भोली माघ १९ गते विदा दिएका हुन् । मकवानपुरको बागमती, इन्द्रसरोवर, बकैया र राक्सिराङ गाउँपालिकाले तीन दिन विदा दिएका छन् । तीन वटै गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा माघ १९, २० र २१ गते सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

यस्तै संघीय सरकारले सोनाम ल्होछारको अवसरमा माघ १९ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

तामाङ समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । तामाङ समुदायाले वागमती प्रदेश सरकारलाई ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिन माग गरेका थिए । वागमतीमा प्रदेशमा तामाङ समुदायको बसोबास धेरै रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*