मकवानपुरमा एकै दिन २११ जनालाई कोरोना, ६० प्रतिशत व्यक्तिमा संक्रमण

बाइलाइन नेपाल
४ माघ २०७८, मंगलवार ०९:०६
फाइल तस्वीर

हेटौंडा । मकवानपुरमा अहिलेसम्मकै धेरै संक्रमित पुष्टि भएको तथ्याङ्क सार्वजनिक भएको छ । सोमबार एकै दिन मकवानपुरमा २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोम राती सार्वजनिक नतिजा अनुसार मकवानपुरमा पहिलो पटक यति धेरै व्यक्तिलाई एकै पटक कोरोना भएको तथ्याङ्क आएको हो ।

पिसिआर विधिबाट १४४ जना र एन्टीजिन तर्फ ६७ जना गरि एकै दिनमा २११ जना कोरोना संक्रमणको पुष्टि भएको हेटौंडा उपमहानगरपालिका कार्यालयमा कार्यरत जनस्वास्थ्य अधिकृत भोला चौलागाईले जानकारी दिएका छन् ।

सोमबार आएको तथ्याङ्क मकवानपुरमा कोरोना संक्रमण देखापरे पछि कै सबैभन्दा धेरै भएको जानकारी दिए । उनले भने– यो २ बर्षको सबैभन्दा धेरै संक्रमण पुष्टि भएको रेकर्ड हो ।’ मकवानपुरमा अहिले ६० प्रतिशत भन्दा बढी व्यक्तिमा संक्रमित भएको उनले जानकारी दिए ।

कोरोना संक्रमित मध्येमा धेरैजसो होमआइसोलेसनमा बसेका छन् । संक्रममित मध्य स्वासप्रस्वासमा समस्या भएका बिरामीहरु मात्र हेटौंडा अस्पतालमा भर्ना भएका छन् । हेटौंडा अस्पतालमा पनि बिरामीको चाप निकै बढेको छ । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा मकवानपुरमा कोरोना संक्रमित दुईजनाको ज्यान गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*