काँग्रेस वाग्मतीको सभापतिमा बानियाँ विजयी

बाइलाइन नेपाल
२० मंसिर २०७८, सोमबार ०८:१४

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनबाट इन्द्र बहादुर बानियाँ निर्वाचित भएका छन् । सभापतिको लागि दोस्रो चरणको मतदान प्रक्रियाबाट उनी सभापतिमा निर्वाचित भएका हुन् ।

उनले अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । दुइ हजार २५ खसेको मत मध्ये बानियाँले एक हजार ८५ मत प्राप्त गरे भने केसीले ९२७ मत प्राप्त गरेका छन् । बानियाँले १५८ मत अन्तरले विजयी भएका छन् । १३ वटा मतपत्र भने बदर भएको छ ।

पहिलो चरणमा पार्टीको विधान अनुरुप ५१ प्रतिशत मतसंख्या नपुगेपछि दोस्रो चरणको मतदान आइतबार दिउँसोबाट भएको थियो । संस्थापन पक्षबाट उम्मेदवारी दिएका बानियाँ र पौडेल समूहका उम्मेदवार केसीबीच प्रतिस्पर्धा भएको हो ।

पहिलो चरणमा बानियाँले ९९२ मत प्राप्त गरेका थिए भने केसीले ८७२ मत प्राप्त गरेका थिए । सिटौला समूहका उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेका थिए । सोही मत दुईतिर बाढिएको मत अंकले देखाएको छ ।

बागमती प्रदेशमा केन्द्रीय महाधिवेसन प्रतिनिधि ८७६ जना, प्रदेश प्रतिनिधि १२४५ जना र केन्द्रीय सदस्य १६ जना, शुभेच्छुक संघ/संस्था गरी दुई हजार १५१ जना मतदाता रहेका थिए । जसमध्ये आज २ हजार २५ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*