काँग्रेस वागमतीको सभापतिमा बानियाँ, प्रधान र केसी भिड्ने

बाइलाइन नेपाल
१६ मंसिर २०७८, बिहीबार ०७:५३

हेटौंडा । नेपाली काँग्रेसको बागमती प्रदेशको सभापतिका लागि त्रिपक्षिय भिड्न हुने देखिएको छ । १४ औं महाधिवेशनअन्तर्गत काँग्रेस बागमती प्रदेशको आजबाट हेटौंडामा सुरु हुने अधिवेशनले पहिलोपटक प्रदेशस्तरिय नयाँ समिति चयन गर्दैछ ।

प्रदेश सभापतिमा देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौँ जिल्लाका पूर्वसभापति तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रदेश सभापतिमा जगदीश्वरनरसिंह केसीको नाम अगाडि सारेको छ ।

सिटौला समूहले जुन समूहलाई साथ दिन्छ उसैले जित्ने सम्भावना रहेको जनाइएको छ । बागमती प्रदेश अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ ।

अधिवेशनको उद्घाटन हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा बिहीबार बिहान ११ बजे काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*