प्रेस सेन्टर गढी गाउँपालिकाको अध्यक्षमा पाख्रिन

बाइलाइन नेपाल
१३ कार्तिक २०७८, शनिबार १८:१०

मकवानपुर । प्रेस सेन्टर नेपाल मकवानपुरको मकवानपुर गढी गाउँपालिका कमिटीको अध्यक्षमा निलम पाख्रिन चयन भएकी छन् । शनिबार भएको सेन्टरको भेलाले पाख्रिनलाई अध्यक्ष चयन गरिएको हो ।

उपाध्यक्षमा रजनी घिमिरे, सचिव मुकेश चौंलागाई, कोषाध्यक्ष अक्षय कुमार घलान, सदस्य कविना बराइलीलगायत ७ सदस्यीय कमिटी चयन भएको प्रेस सेन्टर मकवानपुरले जनाएको छ ।

भेलामा (नेकपा माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य भिम पाख्रिन, मकवानपुर प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), प्रेस सेन्टर मकवापनुरकी संयोजक अञ्जली थापा, गढी गाउँपालिका कमिटी इन्चार्ज मानकुमारी नेपाली, सहितको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*