काङ्ग्रेस थाहा नगर सभापतिमा प्रमोदकृष्ण जोशीले उम्मेदवारी दिने

बाइलाइन नेपाल
८ आश्विन २०७८, शुक्रबार ०६:२९

नेपाली काँग्रेसको थाहानगरको असोज ९ गते हुने नगर अधिवेशनमा प्रमोदकृष्ण जोशीले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जोशीले एकतावद्ध मजबुत काङ्ग्रेस बनाउन आफ्नो उम्मेदवारी भएको बताए । उनले समृद्ध थाहा नगर बनाउन अन्य दलहरुसँग र सरकारी तथा गैर सरकारी संस्थाहरूको समभाव र सहकार्य बढाउन पनि आफ्नो उम्मेवारी रहेको जानकारी दिए ।

जोशीले पनि आफू बलियो उम्मेदवार रहेको बताएका छन् । २०४६ सालदेखि काँग्रेसको अभियानमा सहभागी जोशीले २०५२ सालमा क्रियाशील सदस्यता लिएका थिए । उनि २०५२ सालमै नेपाल विद्यार्थी संघको क्षेत्रीय अध्यक्ष हुँदै २०५६ सालमा तत्कालिन बज्रबाराही गाउँ इकाइ समितिको सभापति समेत भइसकेका छन् ।

उनले पनि आफू कुनै गुटको नभई सिंगो काँग्रेसको उम्मेदवार रहेको दाब िगरेका छन् । जोशीले आफ्नो नेतृत्वमा पार्टी समिति निर्माण भए अबको स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा ल्याउनको लागि समेत उम्मेदवारी रहेको बताए ।

जोशी राष्ट्रिय उपभोक्ता मञ्च थाहानगरको संयोजक, नेपाल पानी सदुपयोग फाउन्डेशन थाहानगरमा संयोजक, रोटरी स्याटलाइट क्लव अफ काठमाडौं वेष्ट टिष्टुङका सदस्य समेत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*