नवोदयमा भएको ‘कास्ट अन म्याथम्याटिक्स’ कार्यक्रममा कक्षा ७ उत्कृष्ट

बाइलाइन नेपाल
३० श्रावण २०७८, शनिबार ०६:५४

हेटौडा । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयमा ‘कास्ट अन म्याथम्याटिक्स’ कार्यक्रम शुक्रबार भएको छ ।

नवोदय म्याथ क्लवको आयोजनामा भर्चुअल प्रविधिबाट भएको कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले कक्षामा छलफल भएका गणित विषयसँग सम्बन्धित विषयवस्तुहरु स्लाइडमार्फत कक्षागत रुपमा प्रस्तुति दिएका थिए ।

कक्षागत रुपमा तयार पारिएको प्रस्तुतिको आधारमा कक्षा ७ लाई उत्कृष्ट समूह घोषणा गरियो ।

कार्यक्रममा म्याथ काउन्सिलका अध्यक्ष धनिकलाल शाह र नेपाल शिक्षक महासङ्घ नगरसमिति हेटौंँडाका अध्यक्ष दीपक अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । भोटिङ र विद्यार्थीले दिएका प्रस्तुतिका आधारमा कक्षा ७ लाई उत्कृष्ट समूह घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै हेटौंँडा क्याम्पसका क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरले भावी दिनमा इन्टरनेशनल कन्फ्रेन्सको कार्यक्रममा सहभागिता जनाउनमा यसले ठूलो भूमिका निर्वाह गर्ने बताएका छन् । ‘नवोदयले राम्रो कार्यक्रम सुरुवात गरेको छ । आउने दिनमा नयाँ योजना सहित नयाँ खोज र अनुसन्धान गरी कार्यक्रमलाई परिस्कृत गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्दछ’ उनले भने ।

यसैगरी म्याथ काउन्सिलका अध्यक्ष धनिकलाल शाहले यस्ता कार्यक्रमले गर्दा विद्यार्थीहरुको सिर्जनशीलतामा विकास हुनेमा जोड दिए ।

कार्यक्रममा नेपाल शिक्षक महासङ्घ नगरसमिति हेटौंडाका अध्यक्ष दीपक अधिकारीले गणित विषय विषयमा मात्र सीमित नभई यसले जीवन उपयोगी कार्यमा पनि जोडिने गरेको बताएका छन् । क्रियटिभ कामले विद्यार्थीलाई उत्प्रेरित गर्नुका साथै गणित विषयलाई सरल र सहज बनाउने उनको भनाइ रहेको थियो ।

म्याथम्याटिक्समा उत्पन्न भएका समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयवस्तु कार्यक्रमले समेटिएको गणित शिक्षा विषयका अनुशन्धान कर्ता टीकाराम पोखरेलले बताए । ‘म्याथम्याटिक्स विषय धेरै कठिनाई र गाह्रो भएको अभिभावकबाट गुनासो सुनिन्छ ।’

उनले भने –‘गणित विषयलाई सजिलो बनाउन र धेरैकुरा सिक्नमा यस्ता कार्यक्रमले मद्दत पु¥याउँदछ ।’ गणित विषयप्रति विद्यार्थीको दृष्टिकोण सकारात्मक होस् भन्ने हेतुले कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक आरती उप्रेतीले जानकारी दिइन् । नवोदय म्याथ क्लवका अध्यक्ष ईशान शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*