उत्कृष्ट कार्यसम्पादनमा थाहा नगरपालिकाको ह्याट्रिक

बाइलाइन नेपाल
२९ श्रावण २०७८, शुक्रबार १८:३६

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका कार्यसम्पादनको आधारमा यसपटक पनि जिल्लामा पहिलो स्थानीय तह हुन सफल भएको छ । मकवानपुरका १० स्थानीय तहहरु मध्ये उत्कृष्ट कार्यसम्पादन गर्नेमा थाहा नगरले ह्याट्रिक गर्न सफल भएको हो । यसअघिका दुई आर्थिक वर्षमा पनि थाहा नगरपालिका नै पहिलो भएको थियो ।

जिल्ला समन्वय समितिले गरेको कार्य प्रगतिको मुल्यांकनको आधारमा मनहरी गाउँपालिका दोस्रो भएको र बकैयाँ गाउँपालिका तेस्रो भएको छ । जिल्ला समन्वय समिति मकवानपुरले आज भएको छैठौं जिल्ला सभामा प्रथम, द्धितिय र तृतीय हुने तीन स्थानीय तहलाई सम्मानपत्र प्रदान गरेको छ ।

जिल्ला सभाका प्रमुख अतिथि बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले थाहा नगरका प्रमुख लवशेर विष्ट, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेलाई सम्मान पत्र प्रदान गरेका थिए । । यसैगरी जिल्ला समन्वय समितिले आफ्नो छैठौं जिल्ला सभामा जिल्लाका विभिन्न संघ संस्था तथा व्यक्तिलाई समेत सम्मान गरेको छ ।

सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी हेटौंडामा  भएपछि आमुल परिवर्तन भएको दाबी गरे । अहिले हेटौंडाको स्वास्थ्य क्षेत्रमा निकै विकास भएको बताए ।

मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समिति मकवानपुरले प्रदेशको १३ जिल्ला मध्ये उत्कृष्ट काम गरेको उल्लेख गरे । अन्य जिल्ला समन्वय समितिहरु भन्दा मकवानपुरको नेतृत्व राम्रो रहेको बताए ।

मुख्यमन्त्री पौडेलले अहिले जताततै स्थानीय सरकारमा अध्यक्षले उपाध्यक्षलाई काम गर्न दिएन, मेयरले उपमेयरलाई काम गर्न दिएन भन्ने गुनासो भएको भन्दै आफुसँग भएको अधिकारको प्रयोग गर्न आग्रह गरे ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोर्इराला, थाहा नगरपालिकाका मेयर लवशेर विष्टलगायतकाले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*