वाइसीएलले वागमतीमा आयोजना गरेको कार्यक्रममा ५३ जनाले दिए रगत

बाइलाइन नेपाल
२५ श्रावण २०७८, सोमबार २०:४२

हेटौंडा । पुर्वी मकवानपुर बागमती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसीएल) द्धारा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

सोमबार भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा ५ जना महिला र ४८ जना पुरुष रहेको वाइसीएल नेपाल बागमती कमिटीका अध्यक्ष वीरबहादुर थिङ (मुक्ति) ले जानकारी दिए ।

वाइसीएल नेपाल बागमती गाउँपलिका कमिटी सचिव दर्शन पाख्रिनले सञ्चालन गरिएको रक्तदान कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सर्केस घलानको प्रमुख आतिथ्यता रहेको ।

कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुमन पाख्रिन , माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य ज्ञान सागर भोलन , जिल्ला रेडक्रस सोसाइटी शाखा मन्त्री खेम सापकोटा , वाइसीएल जिल्ला अध्यक्ष राज कुमार मोक्तान , बागमती पार्टी कमिटी इन्चार्ज हस्तबहादुर थिङ , अध्यक्ष अरुण बल , नेकपा एमाले जिल्ला सदस्य खड्क पुलामी ,रक्तसंञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहाल लगायतको उपस्थिति रहेको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*