अखिल क्रान्तिकारी हेटौंडा नगर अध्यक्षमा छत्कुली, नेविसंघका सभापति ओली क्रान्तिकारीमा

बाइलाइन नेपाल
२५ श्रावण २०७८, सोमबार २०:२६

हेटौंडा । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी हेटौंडा उपमहानगरपालिका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । हेटौंडामा आज भएको सम्मेलनले झलक छत्कुलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

सम्मेलनले कमिटीको उपाध्यक्षमा मञ्जिता राई, सचिवमा शक्ति न्यौपाने, सहसचिवमा सदिम श्रेष्ठ र कोषाध्यक्षमा विजन लटौललाई चयन गरेको छ ।

यस्तै नयाँ नेतृत्वको सदस्यमा सुजन सिलवाल, विप्लव बतौंला, प्रयास दंगाल, प्रमिता गौतम, सागर लामिछाने, जिसन शर्मा, पविनकुमार महत्तो, सायना दाहाल, रिदिना श्रेष्ठ, अविरल रिजाल, गौरव बोहोरा, सविना भुजेल मगर, दिना चौलगाईं, विश्वास झा, कृष्ण क्षेत्री चयन भएका छन् ।

अखिल क्रान्तिकारी नगर कमिटीका अध्यक्ष संग्राम बल लामाको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथि माओवादी केन्द्र मकवानपुरकी सचिवालय सदस्य श्रद्धा लामा रहेकी थिइन् । कार्यक्रममा अखिल क्रान्तिकारी मकवानपुरको फ्क्सन इन्चार्ज मिना अर्याल, माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिकाका नगर अध्यक्ष तीर्थ थापा, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज दिनेश सुवेदी, केन्द्रीय सदस्य पविना लामा, जिल्ला संयोजक आशा पाख्रिन, जिल्ला सहससंयोजक श्रवण बर्तौला रहेका थिए ।

यसैगरी सम्मेलनमा अखिल क्रान्तिकारी मकवानपुरको स्वयमसेवक संयोजक बुद्धराज अर्याल, मनहरी गाउँपालिका विभाग प्रमुख राजेन्द्रकुमार मोक्तान, प्रचार विभाग संयोजक मोहनचन्द्र चौलागाईं, भीमफेदी गाउँपालिका विभाग प्रमुख छोइसिङ लामालगायतकोे आतिथ्यता रहेको थियो ।

यसैबीच, सम्मेलनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का क्याम्पस सभापति अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् । भीमफेदी गाउँपालिकाको इपामा रहेको इपापञ्चकन्या क्याम्पसका सभापति नेविसंघका नेता विष्णु ओलीसहित ८ जना अखिल क्रान्तिकारीमा प्रवेश गरेका हुन् । अखिल क्रान्तिकारीमा प्रवेश गर्नेमा सुरज ओली, अंकित कार्की, रजित शाह, दीपा रेग्मी, यमुना आले मगर, सम्राट घिमिरे र सुशिल स्याङ्तान रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*