आजबाट यस्तो छ हेटौंडा बजार खुल्ने समय

मास्क नलगाउनेलाई एकसय जरिवाना
बाइलाइन नेपाल
२४ श्रावण २०७८, आईतवार १८:१६
फाइल तस्वीर

हेटौंडा । मकवानपुरमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रशासनले कढाइ गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट फेरि निषेधाज्ञा एकसातासम्म लम्ब्याएको छ ।

निषेधाज्ञा थपिएसँगै प्रशासनले हेटौंडामा पसल, व्यवसाय सञ्चालन गर्ने समय पनि छोट्याएको छ । आजबाट खाद्यान्न, तरकारीका पसल बिहान १० बजेसम्ममात्र सञ्चालन हुने भएका छन् । यसअघि खाद्यान्न, तरकारी पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न दिइएको थियो ।

यस्तै अन्य व्यवसाय दिउँसो १२ बजेदेखि ४ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय प्रशासनले गरेको छ । यसअघि यसअघि अन्य व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको थियो ।यसअघि जारी गरेका अन्य निर्देशन भने यथावत रहेको छ ।

कोरोना भाइरसको संक्रमण कायम रहेकाले निषेधाज्ञाको समय थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जनाकारी दिए । आज थपिएको निषेधाज्ञा साउन ३२ गते राती १२ बजेसम्म कायम रहने उनले बताए । उनले सबै नागरिकलाई स्वास्थ्य सुरक्षा विधि अपनाउन आग्रह गरेका छन् ।

स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात गते अनुसार जोरबिजोरको आधारमा मात्र सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । यस्तै आजबाट मास्क नलगाई हिँड्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ । स्वास्थ्य मापदण्डमा सर्वसाधारणले लापरबाही गर्दा कोरोना बढेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले मास्क नलगाउनेलाई एकसय जरिवाना लिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*