अखिल क्रान्तिकारी मकवानपुर–तराई मञ्चमा साहको नेतृत्व

बाइलाइन नेपाल
२३ श्रावण २०७८, शनिबार १९:११

हेटौंडा । अखिल क्रान्तिकारी मकवानपुर–तराई सम्पर्क मञ्च गठन गरिएको छ । आज भचुर्अल माध्यमबाट भएको भेलाले मञ्च गठन गरेको हो ।

भेलाले मधरञ्जनकुमार साहको अध्यक्षतामा २२ सदस्यीय मञ्च गठन गरेको छ । समितिको उपाध्यक्षद्वयमा शंकर महतो, अजय कुमार रौनियार, सचिव विवेककुमार राम, सहसचिव ओमशंकरकुमार साह, कोषाध्यक्ष निरञ्जन सिंह कुशवाह चयन भएका छन् ।

मञ्चको सदस्यमा सन्जय यादव, बलिराम यादव, सुरज यादव, शशि शंकर, शेख सम्से आलम, ओमप्रकाश यादव, सुनिल राम, सलमान, निरन्जन कुशवाह, आशिष यादव, बलिराम यादव, चन्देश पटेल, डाइमन्ड चौधरी, अतिश गुप्ता रहेका छन् ।

अखिल क्रान्तिकारी मकवानपुर जिल्ला इन्चार्ज दिनेश सुवेदीको प्रमुख आतिथ्यतामा भेला भएको थियो । भेलाको अतिथिमा अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस समिति अध्यक्ष रामकृष्ण शिवाकोटी, अखिल क्रान्तिकारी मकवानपुरका नेता बुद्धराज अर्याल रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*