नवोदयमा तीनदिने ‘मून’ कार्यक्रम सम्पन्न

बाइलाइन नेपाल
२३ श्रावण २०७८, शनिबार १८:४४

हेटौंडा । संयुक्त राष्ट्र संघको नमुना अभ्यास गराउने उद्देश्यका साथ नवोदय मोडल यूनाइटेड नेशन (मुन) कार्यक्रमशनिबार सम्पन्न भएको छ । नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले भर्चुअल प्रविधिबाट तीनदिन सम्म आयोजना गरेको नवोदय मुन कार्यक्रममा सहभागी विद्यार्थीहरुले संयुक्त राष्ट्र संगठनको अवधारणा र अभ्यासको विषयमा ज्ञानहासिल लिन सफलभएको बताएका छन् ।

तीनदिन सम्म सञ्चालनभएको विभिन्न सत्रमा कार्यक्रम सञ्चालन गर्नकानिम्ति ६ वटा कमिटीहरु निर्माण भएको थियो । विहीबार र शुक्रबारको सत्रमा अन्तराष्ट्रिय श्रम संगठन, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्,संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम,विश्वखाद्य संगठन र आर्थिक तथावित्तियमामिला परिषदमा रही बालबालिकाहरुले आफ्ना परिषदको एजेण्डामाविस्तृत छलफल गरी तार्किक भनाइहरु प्रस्तुतगरेको नवोदय मुनका महासचिव तथा कार्यक्रम संयोजक भूपेन्द्रप्रताप सिंहले जानकारी दिए ।

‘दुईदिनभएको छलफल सत्रको निश्कर्षको रुपमा हरेक कमिटीहरुले आफ्नो एजेण्डामा संकल्पपत्रतयार पारेकाथिए । विभिन्न समस्यामा छलफल भएकाएजेण्डाका समाधान समावेश गरी बनाएको संकल्पपत्रबहुमतले पारित गरेको थियो ।–उनले भने ।

विद्यार्थीहरुबीच भाइचारा सम्बन्ध स्थापित गराउनको निम्ति साँस्कृतिक साझ कार्यक्रमसमेत आयोजना गरेको थियो । उक्त सांस्कृतिक साझमाविविधताझल्किने प्रतिभाविद्यार्थीहरुले प्रस्तुत गरेका थिए । शनिबार भएको समापन समारोह कार्यक्रममा ६ वटा कमिटीका डायसका पदाधिकारीहरुले आफ्नो अनुभव प्रस्तुत गरेका थिए । कार्यक्रममा नवोदय शिशु सदन, मोनास्टिक विद्यालय जनकपुर र एपेक्स स्कूल रुपन्देहीका सहभागी विद्यार्थीहरुले नवोदय मुन कार्यक्रमको समिक्षा गरेका थिए ।

कार्यक्रममा हरेक कमिटीका विभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । नवोदय विद्यालयका सामाजिक विषय सुपरिवेक्षक गौतम पोखरेलले नवोदय मुनलाई विभिन्न सीपहरुको विकास गर्ने एउटा ‘प्लेटफर्म’ को रुपमा हेरिएको बताएका छन् । मुनकार्यक्रमले विद्यार्थीहरुको नेतृत्व विकास, कुटनीतिक सीपको विकास, वाक कलाको सीपको विकासलगायतको सीप विकास हुने उनको भनाइ रहेको छ ।

कार्यक्रममा प्याव्सन मकवानपुरका कार्यवहाक अध्यक्ष विनोद सुवेदी, मोनास्टीक विद्यालय जनकपुरका संस्थापक प्रिन्सिपल डा. सोनु कुमार, युथथिङ्कर सोसाइटी चितवनका अध्यक्ष सुशिल खनाललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक भूपेन्द्र प्रताप सिंहले सव्य र भव्य रुपमाकार्यक्रम सम्पन्न गराउन सहयोग पु¥याउने हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन व्यक्त गरेकाथिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*