मकवानपुरमा निषेधाज्ञा लम्बियो, बजार खुल्ने समय घट्यो

बाइलाइन नेपाल
२३ श्रावण २०७८, शनिबार १३:१६

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा एकसातासम्म थप्ने निर्णय गरेको छ । प्रशासनमा शनिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा निषेधाज्ञा एकसाता लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण कायम रहेकाले निषेधाज्ञाको समय थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जनाकारी दिए । निषेधाज्ञा थपिएसँगै प्रशासनले हेटौंडामा बजार खुल्ने समयमा भने छोट्याएको छ ।

खाद्यान्न, तरकारीका पसल अब बिहान १० बजेसम्ममात्र सञ्चालन हुने भएका छन् । यसअघि खाद्यान्न, तरकारी पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न दिइएको थियो ।

अन्य व्यवसाय दिउँसो १२ बजेदेखि ४ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय प्रशासनले गरेको छ । यसअघि यस अघि अन्य व्यवसय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको थियो ।

यसअघि जारी गरेका अन्य निर्देशन भने यथावत रहेको छ । पछिल्लो पटक जारी निषेधाज्ञाको समय आइतबार राती १२ बजे सम्म रहेको छ। सोमबार बिहानबाट लागू हुने निषेधाज्ञाबाट पसल खोल्ने समय हेरफेर हुने प्रशासनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*