नवोदयमा तीनदिने ‘मुन’ कार्यक्रम सुरु

बाइलाइन नेपाल
२२ श्रावण २०७८, शुक्रबार ०६:२६

हेटौंडा । नवोदय मोडल यूनाइटेड नेशन (मुन) कार्यक्रम विहीबारबाट शुरु भएको छ । भर्चुअल प्रविधिबाट तीन दिनसम्म आयोजना हुने नवोदय मुन कार्यक्रममा संयुक्त राष्ट्र सङ्घको नमुना अभ्यास गराउँदै संयुक्त राष्ट्र सङ्घको भूमिका र यसको कार्यहरुको एजेण्डामा रही छलफल गरिने छ ।

विहीबार उद्घाटन कार्यक्रममा बोल्दै एपेक्स स्कूल रुपन्देहीका प्रिन्सिपल दीपक गौतमले मुन कार्यक्रम विद्यार्थीहरुका लागि फलदायी हुने भएकाले गर्दा बालबालिकाले धेरै कुरा सिक्नेमा जोड दिए । ‘मुन’ संयुक्त राष्ट्र सङ्घको अभ्यास कार्यक्रम हो ।’ उनले भने – ‘विभिन्न एजेण्डामा रही छलफल गरिने भएकाले छलफलमा उत्पन्न भएका समस्यालाई समाधान गरी ठोस निचोड दिने कार्य मुनले गर्दछ । कार्यक्रमले अन्तराष्ट्रिय तवरबाट सम्बन्ध कायम राखी व्यवसायिक क्षेत्रमा पनि सफलता मिल्ने छ ।’

कार्यक्रममा प्रोफेशर डाक्टर राजु क्षेत्रीले संयुक्त राष्ट्र सङघको परिषद तथा कार्यको व्यवहारिक विषयमा छलफल हुने भएकाले बालबालिकाहरुमा ज्ञान हासिल गर्नुको साथै नेतृत्व पनि विकास हुनेमा जोड दिए । उद्घाटन कार्यक्रममा डायस कमिटीमा रहेका पदाधिकारीहरुको परिचय दिनुको साथै एजेण्डाको विषयमा छोटकरीमा विद्यार्थीहरुले जानकारी गराएका थिए ।

तीन दिनसम्म हुने कार्यक्रममा ६ वटा कमिटीहरु विभाजन गरिएको छ । कमिटीले विभिन्न एजेण्डामा रही छलफल गर्ने छन् । कार्यक्रमले बालबालिकाको नेतृत्व विकास, विश्वका तत्कालिन स्थिति तथा जल्दोबल्दो घटना, समस्या समाधान र छलफलको प्रक्रियासँग बालबालिकालाई परिचित गराउने कार्यक्रम संयोजक भूपेन्द्रप्रताप सिंहले जानकारी दिए ।

कार्यक्रममा नवोदय विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरु र बुटवलमा रहेको एपेक्स विद्यालय र जनकपुरमा रहेको मोनास्टिक विद्यालयका ११ जना विद्यार्थी गरी कूल १ सय २० जना विद्यार्थीहरुले कार्यक्रममा सहभागिता जनाउने छन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा उपसचिव गंगाधर रिमाल, प्याव्सनका केन्द्रीय सदस्य मदन दाहाल, प्याव्सन मकवानपुरका कार्यवहाक अध्यक्ष विनोद सुवेदी, गोल्डेन गेट विद्यालय काठमाडौंका संस्थापक प्रिन्सिपल सिड्डा लामा, ‘युथ थिड्ढर सोसाइटी’ चितवनका अध्यक्ष सुशिल खनाल, कमाने एकेडेमीका प्रिसिन्पल प्रतिमा डङ्गोल, एसक्यूसी जनकपुर हवका हव संयोजक कुनाल शर्मालगायतको आतिथ्यता रहेको थियो । नवोदय मुन कार्यक्रमको समापन शनिबार हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*