खोलाको सहत बढ्न थालेपछि थाहाका स्थानीय सुरक्षित स्थानमा

राजकुमार केसी
१८ असार २०७८, शुक्रबार ०७:५६

असार । थाहा नगरलगायत देशका विभिन्न स्थानमा परेको अविरल बर्षाका कारण जनजीवन अस्तब्यस्त भएको छ । थाहा नगरपालिकामा परेको अविरल बर्षाका कारण स्थानीयहरु त्रसित भएका छन् । बर्षाले बाढिपहिरोको जोखिम बढाएसंगै स्थानीयहरु रातभर जागै बसेका छन् ।

थाहा गारपालिका–२ फेदीगाउँबाट आएको खोलाको सतह बढ्न थालेपछि फाँटबजार र फेदीगाउँ क्षेत्रका स्थानीयहरु सुरक्षित स्थानमा सरेको फाँटबजारबाट माधव कार्कीले बताए। कार्कीले फेदीगाउँका स्थानीयहरु घाटदेबी निमावि र फाँटबजारका स्थानीयहरु डाडाँघरेबाको होमस्टेलगायत सुरक्षित स्थानमा गएको जानकारी दिए ।

थाहा–३ डाडाँगाउँका गणेश बिष्टले लगातार परेको भिषण बर्षाका कारण खोल्छा र खोलाको सतह बढेको बताए । थाहा ३ का सन्तोष केसीले अविरल बर्षाका कारण आएको बाढीले बगाउने डर भएको बताए ।लगातार परेको पानीका कारण स्थानीयहरुले सुरक्षित रहन सामाजिक संजालमार्फत् अनुरोध गरेका छन् ।

थाहा ७ का अरुण मोक्तानले बर्षाका कारण सडक भत्केको जानकारी दिए । । उनका अनुसार थाहा ७ छाप भन्ने गाउँको २४ घर पहिरोको उच्च जोखिममा रहेको समेत बताए । बर्षाका कारण छाप महादेवखर्क देखि ७ नम्बर वडा कार्यालय जोड्ने सडक अबरुद्ध भएको मोक्तानले बताए ।

त्यस्तै जिल्ला दैबिप्रकोप उद्दार समिति मकवानपुले पहिरोको उच्च जोखिम भएको कारण भीमफेदी–कुलेखानी सडक खण्ड मनसुन अवधिभर सवारीसाधनको आवातजावतमा रोक लगाउने समेत निर्णय गरेको छ । समितिले जिल्लाका सबै सुरक्षाकर्मीहरुलाई राहत एवम् उद्धारकार्यकालागि तयार रहन समेत अनुरोध गरेको छ । हालसम्म बाढीले पुर्याएको क्षतिको बिवरण प्राप्त भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*