मनहरी गाउँपालिकाको बजेट ८३ करोड ६७ लाख

बाइलाइन नेपाल
१० असार २०७८, बिहीबार २०:२९

मनहरी गाउँपालिकाले अधिकाँश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । नयाँ कार्यक्रमहरुमा आफ्ना गाउँपालिकाभित्रका बिरामीहरुका लागि रगतको अभाव नहोस् भनेर ब्लड बैँकसँग समन्वय गरी निः शुल्क रगतको व्यवस्था गराउने जस्ता केही कार्यक्रमहरु थपिएका छन् ।

गाउँपालिकाले संघ, प्रदेश र आन्तरिक स्रोतहरुका समेत अनुमानित आम्दानीलाई मध्यजनर गरी ८३ करोड ६७ लाख ४६ हजारको बजेट निर्माण गर्ने गरी नीति तथा कार्यक्रम पारित गरेको छ ।

उपाध्यक्ष मनिला बिष्टले सार्बजनिक गर्नु भएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकासलाई जोड दिइएको छ । मनहरी अस्पतालको व्यवस्थापन, निर्माणाधीन पक्की पुलहरुको सम्पन्नता, बालमैत्री कार्यक्रमको निरन्तरता, युवा, महिला, ज्येष्ठ नागरिकलाई अझ सुरक्षित अनुभूति हुने गरी बजेट निर्माण गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

नीति तथा कार्यक्रमसँगै कार्यपालिका सदस्यहरु धुव खड्का र पम्फा रोक्काद्वारा बिनियोजन विधेयक र आर्थिक ऐन समेत सभामा प्रस्तुत गरिएको छ ।  प्रस्तुत बिधेयकहरु र प्रस्तावित बजेटबारे दफावार छलफल हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । नवौँ गाउँसभा मनहरी ९ रजैयास्थित अग्निहोत्राश्रमको सभा हलमा आयोजना गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*