विद्युत प्रधिकरणलाई माओवादी थाहानगरले दियो ७ दिने अल्टिमेटमा

बाइलाइन नेपाल
१० असार २०७८, बिहीबार १५:०२

थाहा । उत्तरी क्षेत्रको विद्युतको समस्या तत्काल समाधान गर्न नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीले नेपाल विद्युत प्राधिकरण पालुङ बितरण केन्द्रलाई बिहीबार ध्यानाकर्षण पत्र दिएको छ ।

माओवादी केन्द्र थाहा नगर अध्यक्ष अरुण रायमाझीलगायतको टोलीले बितरण केन्द्रका प्रमुख बिनोद अधिकारीलाई ध्यानाकर्षण पत्र बुझएका हुन् । ध्यानाकर्षण पत्रमा नेपालकै जलविद्युत श्रोतको मुटु कुलेखानी जलविद्युत आयोजनाको विद्युत उत्पादनको सबैभन्दा मुख्य मुहान क्षेत्रमा विगत लामो समयदेखि विद्युत अनियमित भईरहँदा थाहानगरपालिका, ईन्द्रसरोवर गाँउपालिका, कैलाश गाँउपालिका र भिमफेदी गाँउपालिका प्रत्यक्ष प्रभावित भएको उल्लेख छ ।

अनियमित रुपमा बिना जानकारी विद्युत अवरुद्ध हँदा यस क्षेत्रको जनजिवन कष्ठकर बनेको र उद्योग, व्यावसाय, कलकारखाना धरासाही बनेकाले तत्काल विद्युतको यो समस्या समाधान गर्न अध्यक्ष रामाझीले बताए । ध्यानाकर्षण पत्रमा विद्युत अनियमित हुँदा कोरोनाको जोखिममा बिरामीको उपचार र विद्यार्थी अनलाइन पढाईमा समस्या उत्पन्न भइरहेकोले ७ दिन भित्र समस्याको समाधान गर्न भनिएको छ ।

त्यस्तै मार्खु सब–स्टेशन तत्काल चालु गर्ने र निर्माणधिन ३३ केभि लाईन निर्माणको काम तत्कालबाट शुरु गरि कार्य सम्पन्न गर्ने सुनिश्चित गर्न समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ । गतवर्ष संघीय सांसद बिरोध खतिवडा, प्रदेश सांसद कुमारी मुक्तानसहित थाहा नगरपालिका, ईन्द्रसरोवर, कैलाश, भीमफेदी गाँउपालिकाका प्रमुख सहित जनप्रतिनिधिहरुको रोहवरमा स्थानीय सरोकारवाला र प्राधिकरण बीच तत्काल काम शुरुगर्ने सहमति भएतापनि अझै काम शुरु नहुनु आफैमा प्राधिकरणको बेवास्ता भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ ‘हाल भईरहेको विद्युत अनियमिततालाई सुधार गरि विद्युत अत्यावश्यक सेवा हो भनेर २४ सै घण्टा नियमित गर्ने वाताबरण सुनिश्चित गर्न ७ दिनको अल्मिेटम सहित यो यानाकर्षण पत्र पेश गरेका छौं ।’

तोकिएको समयसिमा भित्रमा सरोकारवाला निकायले निर्माण प्रगतिको सुनिश्चितता गरि विद्युत लाईन नियमित हुने वातावरण नगरे चरणबद्ध आन्दोलन गर्न बाध्यहुने समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै नेपाल बिद्याुत प्राधिकरण पालुङ बितरण केन्द्रका प्रमुख बिनोद अधिकारीले प्राविधिक रुपमा उत्पन्न बिद्युतीय समस्याको समाधान गर्न लागि पर्ने बताए ।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेकपा माअनोवादी केन्द्र वागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, मकवानपुर जिल्ला कमिति सदस्य जयराम रायमाझी, थाहा नगरपालिका वडा नं. ७ का अध्यक्ष सनमसिं मुक्तान, वाईसियल थाहा नगर कमिटी अध्यक्ष मानसिं दोङलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*