थाहा नगरको बजेट ९५ करोड ६४ लाख

बाइलाइन नेपाल
१० असार २०७८, बिहीबार १४:४९

थाहा । मकवानपुरको एकमात्र नगरपालिका थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि ९५ करोड ६४ लाख ३२ हजार रुपैयाको बजेट ल्याएको छ ।

नगरपालिकाको नवौ नगरसभामा उपप्रमुख खड्ग बहादुर गोपालीले आर्थिक वर्ष २०७८ /७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन् । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि अन्तरिक स्रोत तर्फ ११ करा ८८ लाख ४९ हजार, राजश्व बाडँफाँड तर्फ १६ करोड ५३ लाख ४९ हजारको बजेट पेश गरेको हो । त्यस्तै संघीय सरकारबाट अनुदान ५७ करोड ५५ लाख, प्रदेश सरकारबाट अनुदान ९ करोड ६७ लाख ३४ हजार गरि जम्मा ९५ करोड ६४ लाख ३२ हजारको बजेट बाँडफाँड गरिएको उपप्रमुख गोपालीले जानकारी दिए ।

जसमध्ये चालु खर्चतर्फ रु ८ करोड ५७ लाख ४५ हजार र पुँजीगत तर्फ ४२ करोड ७५ लाख ८१ हजार, सशर्ततर्फ ३२ करोड ३१ लाख ६ हजार, सामाजिक सरुक्षा तर्फ १२ करोड गरी जम्मा ९५ करोड ६४ लाख ३२ हजार खर्च पेश भएको हो ।

थाहाले नयाँ कार्यक्रम भन्दा पनि अघिल्लो वर्षका कार्यक्रमलाई निरन्तरता दिएको छ । त्यस्तै अघिल्लो वर्षको १२ वटै वडाका वडा सडकको रुपमा विकसित गरी तीन वर्ष भित्र प्रति वडा ५ किलो मीटरको दरले ६० किलोमीटर सडक पक्की गर्ने कामको शुरुवात गरिएकोमा बजेट अभावका कारण काम सम्पन्न हुन नसकेकोले यस्ता योजनाहरु प्राथमिकतामा राखी सडक पक्की गर्ने कार्यलाइ समेत निरन्तरता दिइने बताएको छ ।

त्यस्तै थाहा४ मा रहेको नार्खु ढाँडमा बसपार्क र नयाँगाउँमा थाहा स्मारकलाई पुरा गर्ने, नगरभरका काठको पोल विद्युत भएका स्थानमा फलामे पोल राख्ने,थाहा ३ स्थित काला भैरव चौरमा संचालन भैरहेको थाहा शीतभण्डार निर्माण कार्य अन्तिम चरणमा पुगेको र काेिभड–१९ का कारण काममा कहेी ढिलाई भएकोले आगामि वर्षमा शीतभण्डार निर्माण सम्पन्न गर्ने र संघीय सरकारबाट थानकोट–चित्लाङ सुरुङमार्ग निर्माण गर्नका तत्काल शुरुवातकोलागि पहल गरिने र थाहा नगरपालिकाको सडक चक्रपथ निर्माण गर्न संघीय सरकार र प्रदेश सरकारसंगसमन्वय गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने जस्ता योजना प्राथमिकतामा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*