बस्तीपुर जेसीजको जेसीज सप्ताहमा वृक्षरोपण

बाइलाइन नेपाल
९ असार २०७८, बुधबार १४:२८

बस्तीपुर जेसीज हाँडीखोलाको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । सप्ताहव्यायपी कार्यक्रमको पहिलो कार्यक्रमको रुपमा बुधबार बिहान हेटौंडा–१९ स्थित चिल्डे«ेन पार्क, बासुदेवमा वृक्षरोपण गरिएको छ ।

मसला, अशोक, धुपी, गोल्डेन, तेजपत्तालगायत विभिन्न प्रजातिका एक सय वटा विरुवा रोपिएको कार्यक्रम संयोजक सुरज वर्तौलाले जानकारी दिए । बस्तीपुर जेसीज हाँडीखोलाका अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष अरुण दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मुल कार्यक्रम संयोजक तेजप्रसाद उप्रेती रमेश, सहमुल कार्यक्रम संयोजक शंकर नेपाल, महासचिव प्रेम गोङ्बा, कार्यक्रम संयोजक सुरज वर्तौलालगायतको उपस्थिति रहेको थियो ।

विभिन्न ७ वटा कार्यक्रम गर्दै असार ११ गते जेसीज सप्ताह सम्पन्न हुनेछ । जेसीज सप्ताहअन्तर्गत बुधबार नै रजैया पुल र लेवट घुम्तीमा कोभिड सचेतना बोर्ड स्थापना गर्ने कार्यक्रम राखिएको छ । त्यस्तै आजै प्रगतिशील युवा क्लव नेवारपानीलाई खेलकुद सामाग्री वितरणको कार्यक्रम पनि राखिएको छ ।

भोलि बिहीबार रक्तदान कार्यक्रम, आमाघर मनहरी र आइसोलेसनमा खाद्यान्न वितरण कार्यक्रम तय भएको जेसीज अध्यक्ष राजेश भेटवालले जानकारी दिए । ११ गते गणेश प्रावि कुवापानीमा स्टेशनरी सामाग्री वितरण कार्यक्रमका साथै सोही दिन पुरस्कार वितरण तथा समापन समारोह आयोजना हुने भेटवालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*