पल्पसा आइसोलेशन सेन्टरमा १६ जना संक्रमित सेवा लिदैं

बाइलाइन नेपाल
६ असार २०७८, आईतवार १८:३४

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ मा संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरमा आइतबार १६ जना कोरोना भाइरस संक्रमितले सेवा लिइरहेका छन् ।

आइसोलेशनमा हालसम्म २० जना सेवा लिइसकेका छन् । आइतबार एकजना नयां संक्रमित भर्ना भएको र दुईजनालाई बिदाई गरिए आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले जानकारी दिए । उनिहरुलाई खादा र पुष्पगुच्छा प्रदान गरी विदाई गरिएको थियो ।

हेल्प डेस्कबाट आइतबार तीन सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–५, पिप्लेका, हेटौंडा–१२, पानतलेका र बकैया ५, दहीदमारका एकजनालाई अक्सिजन सहयोग गरिएको जनाइएको छ ।

यसैबीच, नेकपा माओवादी केन्द्र मकवानपुरले कोभिड हेल्प डेस्क मकवानपुरलाई सहयोग गरेको छ । सहयोग अन्तर्गत एन ९५ माक्स २४० थान र नगद ५५ हजार रहेको छ । बागमती प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले आइसोलेशन सेन्टरका संयोजक श्रेष्ठलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

हेल्प डेस्कलाई हेटौंडा ढुवानी एशोसिएशनबाट ३० हजार सहयोग भएको छ । एशोसिएसनका अध्यक्ष प्रदिप अर्यालसहितले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

कोभिड हेल्प डेस्क मकवानपुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट आइतबार नयाँ संक्रमितको सूचीबाट ४ जना कोभिड संक्रमितसँग फोनमार्फत् सम्पर्क गरिएको संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । उनिहरु होम आइसोलेशनमा रहेका छन् । हेल्प डेस्कबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्यलाभको लागि आउन पनि आग्रह गर्ने गरिएको उनले बताए ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्य दैनिकरुपमा स्वयमसेवीकारुपमा खट्ने गरेका छन् । आइतबार संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेको संयोजन रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*