थाहा नगरलाई माओवादी केन्द्रको ४८ बुँदे सुझाव

राजकुमार केसी
४ असार २०७८, शुक्रबार ०८:०४

असार । थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८०७८का लागि तय गर्ने नीति तथा कार्यक्रमका लागि नेकपा माओबादी केन्द्र थाहानगर कमिटीले ४८ बुँदे सुझाव पेश गरेको छ ।

बिहीबार नगर अध्यक्ष अरुण रायमाझीले नगर प्रमुख लवशेर विष्टलाई सुझाव पेश गरेका हुन्। १० शीर्षक र ४८ बुँदाहरुमा सुझाव दिइएकोअध्यक्ष रायमाझीले जानकारी दिए ।

सुझाव पत्रमा कृषि, पर्यटन, शिक्षा, खानेपानी तथा सरसफाई, आर्थिाक समृद्धि, पूर्वाधार विकास, प्राकृतिक प्रकोप, सामाजिक सुरक्षा, सुचना, प्रबिधि, अनुसन्धान र कला साहित्य संस्कृतिका शीर्षकमा सुझाव दिईएको हो ।

सुझावहरुमा कृषितर्फ ब्यवशायिक रुपमा खेतीगर्ने कृषकलाई प्रोत्सहान गर्नुपर्ने उल्लेख गरिएकोछ । पर्यटन गुरुयोजना तयार गरी पर्यटनको विकास गर्न समेत सुझाव दिईएकोछ भने शिक्षाको विकासको लागि एक बिद्यालय एक उद्यमको अवधारण ल्याउन सुझाव दिईएको छ । खानेपानी र सरसफाई अन्तरगत खानेपानी बोर्ड गठन गरी ब्यवस्थित खानेपानी को ब्यवस्थापन गर्नुका साथै फोहरलाई स्रोतमै ब्यवस्थापन गरी नगरको सरसफाई प्रभावकारी बनाउन सुझाव दिईएकोछ ।

थाहा नगरमा रहेका प्राकृतिक स्रोतमा आधारित उद्योग ब्यवशायलाई प्रवर्धन गर्न र सडक लगायतका पूर्वाधारहरु निश्चित मापदण्ड तयार गरी ब्यवस्थित तरिकाले गर्न सुझाव दिईएकोछ । माओवादी केन्द्रले प्राकृतिक प्रकोपबाट बच्न दीगो रुपमा प्राकृतिक प्रकोप कोष खडा गरी जेखिम ब्यवस्थापनका लागि नीति बाउन समेत आग्रह गरिएकोछ ।

समाजमा रहेको कुप्रथाको बिरुद्ध स्पष्ट नीति बनाई अगाडि बढ्न सुझव दिईएकोछ । दुब्र्यसन तथा वालश्रमको न्यूनिकरणका लागि कार्यक्रम तयार गर्न सुझाव दिईएको छ । सुझाव पत्रमा सवैवडामा ईन्टरनेटको पहँच पुर्याउनको लागि पहल गर्न भनिएकोछ ।

कला, संस्कृति र साहित्यको विकासको लागि बजेटको ब्यवस्था गर्न समेत अनुरोध गरिएको छ । साथै कोरोना भाईरस नियन्त्रण लक्षित कार्यक्रम निर्माण गरि नगरमा रहेका सबै स्वास्थ्य केन्द्रहरुलाई व्यवस्थित गर्न सुझावपत्रमा भनिएको छ ।

सबैतिरबाट प्राप्त सुझाबहरुका आधारमा आगामीबर्षको नीति तथा कार्यक्रमको तय गर्ने थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले बताए । थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम यही असार १० गते प्रस्तुत हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*