प्रदेश सरकारले आमसञ्चारगृह स्थापना गर्न लागेकोमा महासंघ मकवानपुरको आपत्ती

बाइलाइन नेपाल
३ असार २०७८, बिहीबार ०९:३३

हेटौंडा । बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आगमी बर्षको बजेटमा संचार क्षेत्रका बिषयलाई बेवास्ता गरिएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले संचारमाध्यमहरुको प्रवर्धन र संचारकर्मीहरुको पेशागत सुरक्षा, क्षमता विकासका कुरालाई बेवास्ता गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशमा रहेका सञ्चारमाध्यहरुको प्रवद्र्धनमा ध्यान नदिएको सरकारले आफैं सञ्चारगृह सञ्चालनको लागि १० करोड रुपैयाँ छुट्याएकोप्रति पनि विरोध जनाएको छ ।

स्वतन्त्र प्रेसको मान्यता बिपरीत प्रदेश सरकार आफैले आमसञ्चारगृह स्थापना गर्ने गरी बजेट ल्याउनु लोकतन्त्र प्रतिको उपहास भएको महासंघले ठहर गरेको छ । महासंघले उठाएका मागहरुलाई लत्याउँदै प्रदेश सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्नु स्वतन्त्र प्रेससलाई निरंकुशताको कडी लगाउन खोज्नु भएको भन्दै तत्काल निर्णय फिर्ता लिन विज्ञप्ति मार्फत आग्रह समेत गरिएको छ ।

यस्तै विज्ञप्ति मार्फत प्रदेशभित्रको सञ्चारमाध्यमको प्रवद्र्धन र सञ्चारकर्मीहरुको पेशागत सुरक्षा, क्षमता विकासमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*