थाहा विकासको साझेदार च्वाईस नेपाल विपद्को सहयात्रीपनि

राजकुमार केसी
१ असार २०७८, मंगलवार १८:४७

असार । थाहा नगरपालिकाको विकास साझेदारको रुपमा कार्यगर्दै आएको च्वाईस नेपाल विपद्को बेलामा सहयात्रीको रुपमा स्थापित भएको छ ।

२०७२ सालको भूकम्प पश्चात जनकल्याण मावि पालुङको भवन मर्मत फर्निचर सहयोग रंगरोगन तथा फर्निचर सहयोगका कार्यबाट थाहा नगरपालिकामा क्रियाशिल च्वाईस नेपालले यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन लगायतको क्षेत्रमा विविध कार्यक्रमहरु सहित क्रियाशिल छ ।

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण, जनकल्याण मावि पालुङको कृषि ल्याब निर्माण, थाहा नगरपालिका– ७ चिसापानी देउखेलमा बृहत खानेपानी, थाहा ८ को स्वास्थ्यचौकी भवन नगरपालिका र च्वाईस नेपालको साझेदारीमा निर्माण सम्पन्न भईसकेका योजनाहरु हुन् ।

थाहा नगरपालिकामा खेर गईरहेको धसिङगरेबाट तेल उत्पादन गरी अमेरिका लैजाने संस्था डोटेरा र एलडिएससिको सामाजिक उत्तरदायित्व कार्य निरनतर रुपमा थाहा नगरपालिकाको खानेपानी, आय आर्जन तथा स्वास्थ्यको क्षेत्रमा सहयोग गरिरहेको च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले बताए ।

उनले थाहा नगरपालिकाबाट खेर जाने धसिङगरेबाट स्थानीयको आम्दानीको राम्रो स्रोत भएको समेत बताए । थाहा नगरपालिकासंग प्रष्ट योजना, काममा पारदर्शिता, राम्रो समन्वयकारी नगरप्रमुख भएको कारणले थाहा नगरपालिकामा काम गर्न सहज भएको च्वाईस नेपालका कार्यकारी निर्देशक शर्माले बताए ।

त्यस्तै च्वाईस नेपाल र मेनटर्स इन्टरनेसनलको सहयोगमा सहकारी मार्फत सहुलियत ब्याज अनुदान कार्यक्रम अन्तरगत कृषकहरुलाई ब्यवशायिक बनाई उनीहरुको जीवनस्तर उठाउने कार्यक्रमहरु सञ्चालन गर्न प्रेरित गरेको छ । कृषकहरुको जीवनस्तर उकास्न तालिम, आधुनिक टनेल सहयोग, कृषि उपकरण र प्रविधि सहयोगमा च्वाईस नेपालको महत्वपूर्ण सहयोग रहेकोछ ।

थहा नगरपालिका ३ मा निर्माणधिन शीतभण्डारको डिपिआर च्वाईस नेपालले तयार गरी नगरपालिकालाई हस्तान्तरण गरेको हो । त्यस्तै च्वाईस नेपालले गोरखनाथ मन्दिर, र बिद्यालयहरुमा शैचालय निर्माणमा समेत सहयोग गरेको छ ।

भौतिक विकाससँगै गतबर्ष कोरोना भाईरसको समयमा पनि च्वाईस नेपालले पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई विविध स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको थियो । यस वर्ष पनि च्वाईस नेपालले पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ४५ लाख बराबरको र थाहा ८ मा रहेको स्वास्थ्य चौकीमा पनि १० लाख बराबरको अत्यावश्यकीय स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

यसको लगत्तै च्वाईस नेपाल र थाहा नगरपालिकाको साझेदारीमा वडा नं ११ मा टिष्टुङ कुवापानी लिफ्टिङ खानेपानी परियोजनाको तीन पक्षीय सम्झौता भई कार्य अगाडि बढिरहेको छ । त्यस्तै ठाडोखोला कालापानी खानेपानी परियोजना सञ्चालनमा आउने तयारीमा रहेको छ ।

भौतिक क्षेत्रको विकास संगै थाहा नगरपालिकाका जनप्रतिनिधिहरु र स्थानीय अगुवाहरुलाई नेतृत्व तथा क्षमता विकासका लागि विभिन्न गोष्ठी सञ्चालन, पर्यटकीय विकासका लागि कुन्छालका होमस्टेका लागि र सिमभन्ज्याङ नारायणझ्याउका बासिन्दालाई धुवारहित चुलो सहयोग, जनकल्याण माबिको भौतिक निर्माणमा सहयोग लगायतको कार्यक्रमहरु सञ्चालन गरेको छ ।

थाहा नगरपालिकाको विकासका लागि नगरपालिकाको नीति तथा कार्यक्रम अन्तरगत रही महत्वपुर्ण सहयोग च्वाईस नेपालले गरेको र नगरपालिकाको ठुलो विकास साझेदार मध्ये एक च्वाईस नेपाल रहेको थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*