अब मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकसम्म पढाइ हुने

बाइलाइन नेपाल
१ असार २०७८, मंगलवार ०९:२३

हेटौंडा । हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको अनुमति दिएको छ । स्थापनाको पहिलो वर्षमै प्रतिष्ठानले स्नातक तहसम्मको अध्ययनको अनुमति पाएको हो ।

नयाँ शैक्षिक सत्रबाट प्रतिष्ठान तीन वटा विषयमा ८० जना विद्यार्थीलाई अध्यापन गराउन पाउने भएको छ । प्रतिष्ठानले पब्लिक हेल्थ, फार्मेसी, ल्याब टेक्नोलोजी विषयमा स्नातक तहसम्म पाढाउने अनुमति आयोगले दिएको छ । जसमा पब्लिक हेल्थ (बिफार्मा) तर्फ २० जना र फार्मेसी, ल्याब टेक्नोलोजीतर्फ ३०÷३० जनाको कोटा तोकिएको छ ।

आयोगले अनुमति दिएपछि प्रतिष्ठानले चालू वर्षमा तीन शैक्षिक कार्यक्रम संञ्चालन गर्ने प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले जानकारी दिए । आगामी वर्षदेखि थप शैक्षिक कार्यक्रमका साथै एमबीबीएस पनि पढाई हुने उनको भनाइ छ । प्रतिष्ठानमा सिट तोकिएकाहरु मध्ये ७५ प्रतिशत छात्रवृत्तिमा पढ्न पाउने प्रसाईंले बताए ।

स्नातकतहको शैक्षिक कार्यक्रम हेटौंडा–११ को नलेज भिलेजमा संचालन हुनेछ जनाइएको छ ।प्रतिष्ठान अन्तरगत अहिले हेटौंडा अस्पताल सञ्चालन हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*