मकवानपुरमा असार १ गतेदेखि के गर्न पाइन्छ, के गर्न पाईदैन (हेर्नुहोस् सूची)

बाइलाइन नेपाल
३१ जेष्ठ २०७८, सोमबार २०:५९
फाइल तस्वीर

जिल्ला प्रशासन कार्यालय मकवानपुरले डिसिसिएमसिले सिफारिस गरेअनुसार थपेको निषेधाज्ञा आजबाट लागू भएको छ । प्रशासनले असार १ गतेबाट जिल्लामा असार ७ गतेसम्म निषेधाज्ञा थपेको हो ।

केही खुकुलो बनाएर थपिएको निषेधाज्ञामा खाद्यान्न, तरकारी, माछामासु र दूध बिक्री गर्ने पसल खोल्न दिइएको । यस्तै निषेधाज्ञा लागू भएको समयदेखि बन्द अवस्थामा रहेका पुस्तक पसल, मोवाइल पसल, मोवाइल मर्मत केन्द्र, कम्प्युटर पसलहरु खुल्ने भएका छन् । यि पसलहरु २०७८ असार १ गतेदेखि बिहान ४ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । बैठकले निर्माण सामाग्रीका पसल दिउँसो मात्र सञ्चालन गर्न दिने भएको छ । त्यस बाहेकका सबै व्यवसाय बन्द गर्ने र अटेर गरेमा कारबाही गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै औषधि पसल, ग्यास पसल, बिउबिजन तथा मल बिक्री गर्ने पसल, अक्सिजन सिलिण्डर बिक्री गर्ने पसल नियमित सञ्चालन हुनेछन् ।

यसैगरी, बैक, इस्योरेन्स कम्पनी, मनिट्रान्सफर, सहकारी संस्थाहरु बिहा १० देखि २ बजेसम्म ६ दिन नै खुल्ने भएका छन् । तर सहकारीले घर तथा पसलमा पुगेर रकम संकलन गर्न नपाउने जनाइएको छ । सञ्चालनमा रहेका व्यवसाय र वित्तिय संस्थाहरुले स्वास्थ्य मापदण्ड अपनाएर मात्र सेवा दिनुपर्ने छ ।

बैठकले अत्यावश्यक सवारीसाधान र प्रशासनबाट अनुमति लिएका बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । सरकारी कार्यालयको सवारीसाधन बिदाको दिन अनुमति विना सञ्चालन गरे कारबाही गर्ने निर्णय भएको छ ।
हेर्नुहोस सूची

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*