सञ्चार माध्यम र श्रमजीवीको अवस्था बुझ्न केन्द्रीय सदस्य खड्का जिल्ला दौडाहामा

पत्रकार महासंघलाई स्वास्थ सामाग्री हस्तान्तरण
बाइलाइन नेपाल
३० जेष्ठ २०७८, आईतवार २०:१८

हेटौंडा । कोरोना भाईरस (कोभिड–१९) ले श्रमजीवी पत्रकार तथा सञ्चारमाध्यममा पारेको प्रभाव बुझ्न नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य सुनिल खड्का जिल्ला दौडाहामा निस्किएका छन् । हिजो नेपाल पत्रकार महासघ मकवानपुर शाखाको टोली सहित उत्तरी क्षेत्र पुगेका खड्का आजबाट वागमती प्रदेशको सबै जिल्ला पुग्ने गरि जिल्ला भ्रमणमा निस्किएका हुन् ।

कोरोना महामारीमा सञ्चारकर्मीले भोग्नुपरेको समस्या, श्रमजीवी पत्रकार र सञ्चार माध्यमको अवस्था बारे अध्ययन गरि समस्याको समाधान खोज्ने पहल गर्नको निम्ति जिल्ला भ्रमणमा निस्किएको खड्काले बताए । नेपाल पत्रकार महासघको केन्द्रीय सदस्य जित्ने बित्तिकै कोरोना महामारी आयो केन्द्रीय सदस्य खड्काले भने–‘ मतदातालाई प्रत्यक्ष भेटेर धन्यवाद समेत भन्न सकिएन त्यसैले पनि जिल्ला भ्रमणमा निस्किएको हुँ ।’

कोरोनाका कारण कतिपय सञ्चार माध्यम बन्द भएका छन् भने श्रमजीवी पत्रकारहरुले तलब नपाएको र स्वास्थ्य उपचारमा समेत समस्या भएको अवस्थामा पत्रकार महासघ केन्द्र, प्रदेश र प्रदेश सरकार , संघीय सरकार गर्नुपर्ने सहयोग समन्वय लागि पहल गर्ने उद्देश्य सहित जिल्ला दौडमा निस्किएको खड्काले बताए ।

कोरोना कै कारण केहि साथी गुमाएको पीडा सुनाउँदै खड्काले धेरै साथीहरुले कोरोना जितेको र अझै पनि धेरै साथीहरु कोरोना सङ्ग जुधिरहेको जानकारी दिए । जिल्ला जिल्लाका अवस्था बारे जानकारी लिने र स्वास्थ्य मापदण्ड पालना गर्दै पत्रकारहरु सँग भेटघाट गरि सुखदुःख साटासाट गर्ने खड्काले जानकारी दिए ।

खड्का आज नेपाल पत्रकार महासघ चितवन र धादिङ पुगेका छन् । जिल्लामा पुगेर जिल्लाको अवस्था बुझ्नुको साथै केही स्वास्थ सामाग्री समेत हस्तान्तरण गरेका छन् । पत्रकारहरुलाई कोरोनाबाट बच्न सहयोग पुग्ने उद्देश्यले हरेक जिल्लालाई आवश्यकताको आधारमा १ हजारदेखि २ हजार सम्म मास्क, केही थान सेनेटाईजर, साबुन, भिटामिन सि ट्याबलेटलगायतका स्वास्थ सामाग्री पत्रकार महासंघ जिल्ला शाखालाई हस्तान्तरण गरिने खड्काले बताए ।

यसैबीच नेपाल पत्रकार महासघ चितवन शाखालाई खड्काले स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन् । चितवन शाखा उपाध्यक्ष प्रमिता ढकाल, सहसचिव उर्गेन तामाङ निवर्तमान उपाध्यक्ष शान्ता अधिकारी, वरिष्ठ पत्रकार चिन्तामणि पौडेल लगायतकाको उपस्थितिमा स्वास्थ सामाग्री हस्तान्तरण गरिएको हो । केन्द्रीय सदस्य खड्काले स्वास्थ सामाग्री हस्तान्तरण गर्दै समग्र जिल्लाको अवस्था बारे जानकारी पनि लिएका थिए ।

यस्तै यसैबिच केन्द्रीय सदस्य खड्काले धादिङ जिल्लामा पत्रकार महासंघका पदाधिकारी र सञ्चारकर्मीसँग भेटघाट गरेका छन् । उनले महासंघ धादिङका अध्यक्ष राजाराम शर्मालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै जिल्लामा सञ्चारकर्मी र सञ्चारगृहको अवस्थाका बारेमा जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*