उत्तरी क्षेत्रका सञ्चारकर्मीलाई महासंघद्वारा स्वास्थ्य सामाग्री सहयोग

बाइलाइन नेपाल
३० जेष्ठ २०७८, आईतवार ०७:२६

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगर र इन्द्रसरोबर गाउँपालिकाका सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरुको लागि नेपाल पत्रकार महासंघ मकवानपुरले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको नेतृत्वमा शनिबार पुगेको टोलीले मास्क, सेनिटाइजर, फेस शिल्ड, ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

थाहानगरमा रहेको रेडियो दामन, रेडियो पालुङ, बाइरोड न्यूज अनलाईन, थाहा टाइम्स अनलाईन, विकास खबर पत्रिका, थाहा पाटी अनलाईन र रेडियो इन्द्रसरोवरमा कार्यरत सञ्चारकर्मीलाई कार्यस्थलमै भेटेर करिब एक हजार २ सय थान मास्क, सय थान सेनिटाइजर र ग्लोब्स सहयोग गरिएको हो ।

कोरोना भाइरसको महामारीकाबीच पनि समाचार संप्रेषणमा खटिएका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा अपनाएर काम गर्न आग्रह गर्दै स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरिएको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए ।

मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोदसिं रानाभाटसमेतको सहयोग र सहभागितामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । सामाग्री ग्रहण गर्दै थाहा नगरपालिकाका सञ्चारकर्मीहरुले आफूहरुको अवस्था बुझ्दै कार्यस्थलमै आई स्वास्थ्य सामाग्री प्रदान गरिएको भन्दै आभार व्यक्त गरेका थिए ।

महासंघको सहयोगले आफूहरुलाई निरन्तर काममा खटिनको लागि हौसला प्राप्त भएको उनीहरुको भनाइ थियो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोदसिं रानाभाट, नेपाल पत्रकार महासंघ मकवानपुरका सहसचिव एमपी शर्मा, कोषाध्यक्ष केशव समर्पणको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*