पत्रकार महासंघलाई नेकपाद्वारा स्वास्थ्य सामाग्री सहयोग

बाइलाइन नेपाल
३० जेष्ठ २०७८, आईतवार ०७:१८

हेटाैंडा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई स्वास्थ्य सामाग्री सहयाेग गरेका छ ।

नेकपा मकवमापुर इन्चार्ज इन्द्रबहादुर परियार (नयन), जिल्ला सेक्रेटरी राम घलान (वाटर) लगायतले महासंघ अध्यक्ष मणिराज गाैतमलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे हाे । नेकपाले मकवानपुरका पत्रकारहरुकाे लागि एक हजार पाँच सय थान मेडिकल मास्क, १० लिटर सेनिटाइजर, ग्लाेब्सलगायतका सामाग्री हस्तान्तरण गरेकाे हाे ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नेकपा इन्चार्ज नयनले अग्रपंतिमा रहेर काम गर्ने पत्रकारहरु पनि काेराेनाकाे जाेखिममा रहेकाे भन्दै अाफूहरुले स्वास्थ्य सुरक्षाका सामाग्री सहयाेग गरेकाे बताए । जनता काेराेना महामारीले अाक्रान्त बनिरहेकाे बेला सरकार गैरजिम्मेवार भएकाे अाराेप लगाए । राज्यबाट भइरहेकाे भ्रष्टाचार अनियमितताप्रति कलम चलिरहँदा प्रेसमाथि पनि हस्तक्षेप गर्ने काम हुने गरेकाे भन्दै सत्य र न्यायकाे पक्षमा सधैं कलम चलाइरहन उनले पत्रकारहरुलाई अाग्रह गरे ।

कार्यकममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खडका, मकवानपुर सहसचिव एमपी शर्मा, काेषाध्यक्ष केशव समर्पण, नेकपा सेक्रेटरी राम घलान वाटर, नेकपा नेताहरु विक्रम मगर, श्याम सेन्चुरी, सुमन लामा, रविन्द्र देउलालगायतकाे सहभागिता रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*