एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन जिपिएस जडान

राजकुमार केसी
३० जेष्ठ २०७८, आईतवार ०७:०९

थाहा । एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउनको लागि मकवानपुरका १७ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । हाल हेटौंडाको १५ ओटा, मकवानपुर गढी स्वास्थ्य चौकी र हाँडिखोला स्वास्थ्य चौकीको १–१ ओटा गरी १७ एम्बुलेन्समा जिपिएस जडान गरिएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको एम्बुलेन्स संचालन समन्वय समितिको बैठकले जिपिएस राख्ने निर्णय भए अनुसार स्वास्थ्य कार्यालय मकवानपुरको सहयोगमा जिपिएस जडान गरिएको नेपाला यातायात स्वतन्त्र मजदुर संगठन एम्बुलेन्स चालक इकाई मकवानपुरका अध्यक्ष जनार्दन नेपालले बताए ।

नेपालले बिरामीहरुलाई सरल ढंगले एम्बुलेन्स उपलब्ध गराउन र नेटवर्किङ सहजीकरणका लागि जिपिएस जडान गरिएको जानकारी दिए । हाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेको कण्ट्रोलरूमबाट एम्बुलेन्सको जानकारी लिने ब्यवस्था मिलाइएको छ । जिपिएस जडान भएपछि कुन एम्बुलेन्स कहाँ छ भन्ने कुरा कन्ट्रोल रुमबाटै थाहा पाउन सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*