वैद्यले लिखित रूपमा माफी माग्ने र अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने एमालेको माग

बाइलाइन नेपाल
२९ जेष्ठ २०७८, शनिबार १२:०३

नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित रुपमा माफी माग्नुपर्ने र उनको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ ।

शनिबार बिहान बसेको बैठकले वैद्यको गैरराजनीतिक अभिव्यक्तिको भर्त्सना गर्दै संसदमा लिखित रुपमा माफी माग्नुपर्ने माग गरिएको बैठकपछि बागमती प्रदेशसभामा एमालेका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

वैद्यले शुक्रबारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेजस्तै व्यक्ति आवश्यक परेको आपत्तिजनक अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिको उनकै पार्टी कांग्रेस र एमालेलेसमेत विरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*