नवोदयमा भएको ‘फोटोग्राफी कन्टेस्ट’ मा रोशन प्रथम

बाइलाइन नेपाल
२३ जेष्ठ २०७८, आईतवार १८:०२
प्रथम भएका रोनश उप्रेतीले खिचेको फोटो ।

हेटौंँडा । हेटौंँडा- ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयमा ‘नवोदय फोटोग्राफी कन्टेस्ट’ कार्यक्रम शनिबार भएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजित भर्चुअल प्रविधिमार्फत भएको फोटोग्राफी कन्टेस्टमा रोनश उप्रेती प्रथम भए ।

५२ जनाले सहभागिता जनाएको प्रतियोगितामा उप्रेती प्रथम हुँदा सुम्निमा राई द्वितीय हुन सफल भइन् । ३० प्रतिशत फेसबुक लाइक, ३० प्रतिशत भोटिङ र ४० प्रतिशत निर्णायकको आधारमा नतिजा तयार पारिएको विद्यालयका शिक्षक इशाक राईले जानकारी दिए ।

‘सिए (क्रियटिभ आर्ट)’ शिक्षकको समन्वयमा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका हेटौंडा उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापाले हावा र पानी स्वच्छ सफा भएमा मात्र मानिस स्वस्थ्य रहनेमा जोड दिए । ‘विद्यार्थीको प्रतिभाको प्रस्फोटन यसरी वातावारणसँग जोडिएर गराएकोमा तारिफ योग्य छ ।’ उनले भने –‘वातावरण स्वच्छ राख्नलाई कुरा मात्र होइन काम पनि गर्नुपर्दछ ।जुन काम आज नवोदयले गरेको छ । ’ सिएका शिक्षक प्रलय चौलागाईले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।

द्वितीय भएकी सुम्निमा राईले खिचेको फोटो ।

वातावरण प्रदूषण हुदाँ प्रकृतिसँगै मानिसलाई कस्तो असर पु¥याउँछ भन्ने विषयलाई विद्यार्थीहरुले नाटकमार्फत प्रस्तुत गरेका थिए । वातावरण दिवसको अवसरमा फोटो प्रदर्शनी, वातावरणसम्बन्धी गीत प्रस्तुत गरेका थिए। विश्व वातावरण दिवसको अवसरमा नवोदय विद्यालयले विविध कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा प्रसाद भट्राई, शैक्षिक संयोजक अव्यक्त खनाललगायत अभिभावक, विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*