पालुङ जेसीजद्वारा पाथिभरामा वृक्षरोपण

बाइलाइन नेपाल
२३ जेष्ठ २०७८, आईतवार ०९:१४

थाहा । थाहानगरमा क्रियाशिल संस्था पालुङ जेसीजले थाहा गारपालिका– २ मा रहेको पाथिभरा मन्दिर परिसरमा वृक्षारोपण गरेरको छ । जुन ५ अर्थात विश्व वातावरण दिवशको अवसरमा विभिन्न प्रजातीका बिरुवा रोपेको हो ।

पालुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष बिक्रम गोपालीको अध्यक्षतामा तथा थाहानगरपालिका वडा नम्वर २ का अध्यक्ष गुप्तबहादुर कार्कीको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा पालुङ जेसीजका पूर्वअध्यक्ष सुरेन्द्रमान प्रधान, मन्दिर संरक्षक समितिका अध्यक्ष माधव कार्कीलगायत पालुङ जेसीजका पदाधिकारीले वृक्षारोपण गरेका कोषाध्यक्ष निरज रायमाझीले बताए ।

वृक्षारोपण पछि विरुवाको संरक्षण मन्दिर संरक्षण समितिले गर्ने संरक्षण समितिका अध्यक्ष माधव कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*