सुरक्षित रहेर खेती गर्न नगर प्रमुख विष्टको आग्रह

बाइलाइन नेपाल
२२ जेष्ठ २०७८, शनिबार ०६:४०

थाहा । थाहा नगरपालिकामा अहिले आलु खन्न भ्याइनभ्याइ छ । नगरका किसानहरुको मुख्य बालीको रुपमा रहेको आलु खन्ने सिजनमा कोरोना संक्रमण फैलिएपछि समस्या परिरहेको छ ।

एकातिर लगानी र मेहनतको फल भित्र्याउनु पर्ने अर्को तिर कोरोना संक्रमणका कारण किसानहरु मारमा परिरहेका छन् । आलु भित्र्याउन एक्लैले नसक्नेभएपछि खेताला लगाउनु पर्छ जसका कारण कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएको छ । किसानले आलु खन्न आफ्ना छरछिमेक र नगरबाहिरका समेत खेताला लगाउने गरेक छन् ।

कोरोना संक्रमणको दर बढेको अवस्थामा सामाजिक दुरि कायम गरि भिडभाड नगरि खेतीपातीको काम गर्न थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले आग्रह गरेका छन् । उनले खेतबारीमा कामगर्दा पनि स्वास्थ्य मापदण्डको पालना गर्न कृषकहरुलाई आग्रह गरेका हुन् ।

सकेसम्म आफ्नै परिवार तथा छिमेकीसंग मात्रै मेलापर्म गरी खेतीको काम गर्न कृषकहरुलाई अनुरोध गरेका छन् । खेतबारीमा काम गर्दा पनि सुरक्षित रहनु उनले सबैलाई आग्रह गरेका छन् । आलु खन्ने तथा खेतबारीको काम सुरु भएसंगै कोरोना महामारी फैलन सक्ने सम्भावना पनि उत्तिकै बढेको छ ।

किसानहरु बिना मास्क, सामाजिक दुरी कायम नगरी खेतबारी आउजाउ गर्दा, काम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना रहेको छ । खेतबारीमा काम गर्दा मास्क लगाउन र दुरी कायम गर्ने प्रयत्न गरेपनि पालना गर्न कठिन रहेको किसानहरुको भनाइ छ ।

प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत चिकित्सक रिकेश कार्की पनि किसान हरुलाई सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डको पूर्णपालना गरि कृषि कर्ममा लाग्न र व्यक्तिगत सरसफाईमा विषेश ध्यान दिनुहुन आग्रह गरेका छन् ।

थाहा नगरमा अहिले आलु बाहेक बन्दा , मुला , काउलीको उत्पादन उल्लेख्य मात्रामा भइरहेको छ । तर किसानहरुले उत्पादित सामानको उचित बजारमूल्य पाएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*