मकवानपुरमा थपिएको निषेधाज्ञा आजबाट लागू

बाइलाइन नेपाल
२१ जेष्ठ २०७८, शुक्रबार ०६:५२
फाइल तस्वीर

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले डिसिसिएमसिले सिफारिस गरेअनुसार थपेको निषेधाज्ञा आजबाट लागू भएको छ । प्रशासनले आजबाट जिल्लामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपेको हो ।

केही खुकुलो बनाएर थपिएको निषेधाज्ञामा खाद्यान्न, तरकारी र दूध बिक्री गर्ने पसल खोल्ने दिइएको । २०७८ जेठ २१ गतेदेखि बिहान ४ बजेदेखि ९ बजेसम्म किराना पसल, दूध र तरकारी पसल सञ्चालन गर्न दिने निर्णय भएको छ । बैठकले निर्माण सामाग्रीका पसल दिउँसो मात्र सञ्चालन गर्न दिने भएको छ । त्यस बाहेकका सबै व्यवसाय बन्द गर्ने र अटेर गरेमा कारबाही गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै बैकहरु सातामा तीन दिन सञ्चालन हुने भएका छन् । यसअघि बैकहरु सातामा दुई दिन मात्र सञ्चालन गर्ने अनुमति दिइएको थियो । यसपटक मनिट्रन्सफरहरु पनि सातामा तीन दिन (आईतबार, मंगलबार र बिहिबार) सञ्चालनको अनुमति दिइएको छ । तर सहकारी संस्था र अन्य वित्तिय संस्थालाई भने सञ्चालनमा रोक लगाइएको छ । बैकहरु बिहान १० बजेबाट २ बजेसम्म सञ्चालन गर्नुपर्ने छ ।

बैक तथा अन्य पसलहरुमा हुने भीडभाड नियन्त्रण र सामाजिक दुरी कायम र स्वास्थ्य मापदण्ड कायम गर्न सम्वन्धित पक्षले ध्यान दिनुपर्ने उल्लेख छ । लापरबाही गरेको पाइएमा कारबाही गर्ने बैठकले निर्णय गरेको छ ।

डिपार्टमेन्ट स्टोर र मार्टहरुले होम डेलिभरीमात्र गर्न पाउने निर्णय भएको छ भने होलसेल पसलले खुद्रा बिक्री गर्न नपाइने जनाइएको छ । बैठकले खोपे गल्लीको तरकारी पसल भने सञ्चालन गर्न नदिने निर्णय गरेको छ । यस्तै मेडिकल, बिउबिजन तथा भेटनरी पसलहरु भने सञ्चालन गर्न दिइने छ ।

बैठकले अत्यावश्यक सवारीसाधान र प्रशासनबाट अनुमति लिएका बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । सरकारी कार्यालयको सवारीसाधन बिदाको दिन अनुमति विना सञ्चालन गरे कारबाही गर्ने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*