थाहाको जनकल्याण माविमा अनलाइनबाट पठनपाठन

बाइलाइन नेपाल
१९ जेष्ठ २०७८, बुधबार १७:०९
फाइल तस्वीर

थाहा । कोरोना भाईरसको कारण विद्यालय सञ्चालनमा समस्या भएपछि मकवानपुरको थाहा नगरपालिकामा रहेको जनकल्याण माविले अनलाइनबाट पठनपाठन सुरु गरेको छ । थाहा नगरपालिका– ३ मा रहेको माविले प्रविधिक तथा अन्य कक्षाकक्षाहरुलाई अनलाईन माध्यमबाट पढाउन सुरु गरेको हो ।

अहिले कक्षा १० र १२ का विद्यार्थीलाई अनलाइनबाट कक्षा सञ्चालन गरिरहेको प्रधानाध्यापक सानोभाई कार्कीले बताए । अरु कक्षाहरुको पाठ्यत्रलम सकिएको र परीक्षाको तयारी भएको अवस्थामा कोरोना भाईरसका कारण परीक्षा सञ्चालनको लागि अन्यौलता कायम भएको समेत प्रधानाध्यापक कार्कीले जानकारी दिए ।

अहिलेको अवस्थामा अनलाईन कक्षा प्रभावकारी हुने भएकोले आफ्ना बालबालिकाहरुलाई अध्ययन गर्ने वातावरण बनाउन र उनीहरुको अध्ययनलाई सहजीकरण गर्नको लागि सम्पूर्ण अभिभावकहरुलाई प्रधानाध्यापक कार्कीले आग्रह गरेका छन् ।

माविमा हाल प्रविधिक धारतर्फ कृषि बाली विज्ञान र साधारणतर्फ मानबिकी, ब्यवस्थापन, शिक्षा संकायमा कक्षा ११ र १२ को अध्यापन भइरहेको छ । विद्यालयले एक सूचना जारी गर्दै अनलाइन कक्षाको लागि सहायक प्रधानाध्यापक कृष्णबहादुर विष्ट, व्यवस्थापन संकायकोअर्डिनेटर ज्ञानराज कार्की, मानबिकी संकाय कोर्डिनेटर संगम कार्की, शिक्षा शास्त्र संकाय कोर्डिनेटर राखी लामासँग समन्वय गर्न अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*