नेता बानियाँद्वारा खाद्य सामाग्री सहयोग

बाइलाइन नेपाल
१९ जेष्ठ २०७८, बुधबार १६:१०

हेटौंडा/नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिका १३ र १८ मा न्युन आय भएका १ सय ६० घरपरिवारलाई खाद्य सामाग्री सहयोग गर्नुभएको छ ।

नेता बानियाँले बुधबार कोरोना महामारी र निशेषाज्ञाका कारण श्रम गर्न नपाएर घरमै बसिरहेका हेटौंडा १३ ठूलोथली र गुम्बाचोकमा न्युन आय भएका ९३ घरपरिवार तथा हेटौंडा १८ सुकौराका ६७ घरपरिवारलाई खाद्य सामाग्री सहयोग गर्नुभएको हो ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले न्यून आय भएका दुवै वडामा गरी १ सय ६० घरका प्रतिपरिवारलाई १ बोरा चामल, नुन, तेल, दाल, चनालगायतका खाद्य सामाग्रीहरु सहयोग गर्नुभएको हो ।

खाद्य सामाग्रीहरु हस्तान्तरण गर्दै नेता बानियाँले जनता कोरोना महामारीको विषम परिस्थितिसंग जुधिरहँदा पनि सरकार निरिह भई जनताप्रति उत्तरदाही नभएको बताउनुभएको छ ।

नेता बानियाँले निशेषाज्ञामा सरकारले राज्यको सम्पूर्ण संयन्त्र लगाएर जनतालाई रोग र भोकबाट मुक्त गर्नुपर्नेमा सरकारमा नेतृत्व गरिरहेकाहरु कोरोना महामारीलाई बेवास्था गर्दै राजनीतिक खिचातानीमा अल्झिरहेकाले सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले मानवता देखाउँदै सन्देशमूलक उपस्थिति र दवाबसहित सहयोग गरेको बताउनुभयो ।

नेता बानियाँले सरकारले जतिसक्दो चाँडो कोरोनालाई परास्त गर्न खोपको ब्यवस्था गरेर वर्षाको समय आईसकेका कारण बाढीपहिरोबाट हुने क्षति आंकलन गरी न्यूनिकरण गर्नुका साथै उद्दार र राहातको लागि अग्रिम सतर्कता अपनाउन केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेसका जिल्ला सदस्यहरु शुशान्त श्रेष्ठ, अर्जुन तिवारी, कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महिला नेतृ लक्ष्मी थिङ, पुरुषोत्तम अधिकारी, हेटौंडा १८ का तरुण दल अध्यक्ष अशोक केसी, योगराज खतिवडा, रुपेश केसी, विद्यार्थी नेता मिलन पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*