पल्पसामा आइसोलेसन सेन्टर सञ्चालन

बाइलाइन नेपाल
१९ जेष्ठ २०७८, बुधबार १२:५१

मकवानपुर उद्योग वाणिज्य संघले आज (बुधबार) बाट कोरोना संक्रमितका लागि आइसोलेसन सञ्चालनमा ल्याएको छ । संघले जिल्लाका विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गरेर मकवानपुर कोभिड हेल्प डेस्क सञ्चालन गरिरहेको छ । त्यही संस्थाहरुको सहकार्यमा संघले आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

आइसोलेसन सेन्टरको बागमती प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेतार्इन्द्र बाहदुर बानियाँले उद्घाटन गरेका हुन् । उनले जनतालाई कोरोनासँग कसरी जोगाउने भन्ने बेलामा सरकार पद र सत्ताको लागि लागिपरेर देशको राजनीति बिग्रेको बताए । जनता खोप अभावसँगै भोकले मर्ने अवस्थामा पुगिसकेकोले तीन महिना भित्र खोप लगाइसक्नुपर्ने भन्दै सरकारलाई खबरदारी गरेका छन् । निजी क्षेत्र तथा सामाजिक संघसंस्थाको सहकार्य आइसोलेसन सञ्चालनमा ल्याइएको धन्यवाद दिए ।

आइसोलेसनमा अक्सिजन सहित पूरुषको लागि २० वटा र महिलाको लागि १० वटा छुट्टाछुट्टै वेडको व्यवस्था गरिएको मउवासंघका अध्यक्ष तथा कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले बताए । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको डिसिसिएमसि बैठकले अनुमति दिएपछि संघले पल्पसा सभाहलमा आइसोलेसन सञ्चालन गरिएको उनले बताए ।

कोरोना संक्रमितलाई घर तथा कोठा भाडामा बस्न समस्या भए आइसोलेसनमा बस्नका लागि संघले सञ्चालन गरेको अध्यक्ष कटुवालको भनाइ छ । जसका लागि हेटौंडाका केही निजी अस्पताल र संस्थाले बेड तथा स्वास्थ्यकर्मी उपलब्ध गराएका छन् ।

आइसोलेसनमा आवश्यक बेड, पंखा, टिभी, बाइफाई, तातोपानीलगायतको व्यवस्थापन गरिएको उनले बताए । उनका अनुसार आइसोलेसनमा बस्ने तथा कुरुवालाई निःशुल्क खाना र आवश्यक औषधि तथा उपचारको समेत व्यवस्था गरिने छ ।

संक्रमितलाई थप समस्या भएमा उपचारका लागि अस्पताल पुर्‍याउन ल्याउन डेक्सले एम्बुलेन्स सेवा समेत सञ्चालन गर्दै आइरहेको बताए । थप उपचारका लागि काठमडौं लैजान परे संघले उद्योग वाणिज्य महासंघसँग समन्वय गरेर सहयोग गर्ने जनाएको छ । महासंघले उपत्यकाको विभिन्न स्थानमा सुविधायुक्त आइसोलेसन सञ्चालन गरिरहेको छ ।

महासंघले संक्रमितको थप उपचारका लागि अस्पतालमा बेड समेत व्यवस्थापन गर्दै आएको अध्यक्ष कटुवालले जानकारी दिए । महासंघले पनि आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क खान, बस्न र उपचारका लागि सहयोग गरिरहेको छ ।

संघले जिल्लाका विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गरेर मकवानपुर कोभिड हेल्प डेस्क सञ्चालन गरिरहेको छ । जसले संक्रमितको अवस्थाको बारेमा जानकारी लिदैं परामर्श र खाद्यान्न सहयोग गर्दै आएको छ । साथै हेल्प डेस्कका स्वास्थ्यकर्मीबाट फोन सम्पर्क गरी संक्रमितको अवस्थाको रिपोर्ट संकलन गर्दै आएको छ । आइसेलेसन सञ्चालनका लागि आर्थिक जोहो गरेको र केही संस्थाले खाद्यान्न,औषधिलगायतको सहयोग गर्ने अध्यक्ष कटुवालले बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, मुनु सिग्देल, हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाई्र, नारायणी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख सोमेन्द्र सिं राठौर, हेल्प डेस्कका पदाधिकारी, मउवा संघका पदाधिकारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*